काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिचौलीया दीपक भट्टमाथिको अनुसन्धान लगभग अन्तिम चरणमा पुर्याएको छ ।
जेनजी सरकार बनेसँगै सुरु भएको उनी माथिको अनुसन्धान सम्पत्ति शुद्धीकरणले अन्तिम चरणमा पुर्याएको हो । उनी माथिको अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको र उनलाई समर्थन गर्दै आएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आफै गिरफ्तारीमा परेपछि उनी पुनः भाग्ने डरले विभागले पासपोर्ट रोक्का राखेको हो ।
यसअघि ओलीकै कारण उनीमाथिको अनुसन्धान रोकिदै आएको थियो ।
अनुसन्धान अन्तिम चरणमा पुगेसँगै उनले पासपोर्टदेखि भट्ट, भट्टको पारिवारीक तथा उनको कम्पनीको सबै शेयर रोक्का भएको छ । विभागले सम्बन्धीत निकायमा पत्राचार गर्दै उनको कारोबार सबै रोक्का गर्न अनुरोध गरेको थियो ।
सोही अनुसार उनको पासपोर्टदेखि शेयर सबै रोक्का भएको हो । यस्तै, राष्ट्र बैंकको भट्ट र उनका परिवारका सदस्यको बैंक खातामाथि निगरानी गर्दै आएको छ ।
विभागले अनुसन्धान सुरु गरेपछि उनी भागेर सिंगापुर पुगेका थिए । उनी भागेर जुनसुकै देश पुगेपनि विभागले सहजै नेपाल ल्याउन सक्ने देखिएपछि उनी स्वदेश फर्किएर विभागको सम्पर्कम पुगेको पाइएको छ । केही दिन अघि उनी २ दिनसम्म विभागमा बसेका थिए । तर, विभागका अधिकारीले अन्य सञ्चालकको बयान सकिएपछि अन्तिममा उनको बयान लिने बताएपछि उनी बाहिरिएका थिए ।
नेपाल हाल फाइनन्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’मा छ । यो सूचीबाट बाहिरिन नेपाललाई निस्कन अब एक वर्ष मात्रै समय छ । २ वर्षको समय दिईएकोमा १ वर्ष वितिसकेको र विभाग अबको एक वर्षभित्र हटाउनुपर्ने बदाबमा छ । यसका लागि नेपालले थुप्रै शुद्धीकरणसम्बन्धी काम गर्न बाँकी छ ।
नेपाललाई ग्रे लिस्टबाट हटाउनकै लागि प्रधानमन्त्री कार्यालय मातहत राखिएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत ल्याईएको थियो । पछिल्लो समय विभागले बिचौलीया भट्ट लगायत अन्य बिचौलीयाहरुको फायलमा धमाधम अनुसन्धान गर्दै आएको छ ।
सम्बन्धीत समाचार:
धमाधम अनुसन्धानमा तानिदैँ हिमालयन रि का सञ्चालक, अग्रवाल परिवारकै बयान
सम्पत्ति लुकाउने दीपक भट्टको खेल फेलः सासुको नाममा खोलिएको कम्पनी निलम्बित
रास्वपा एक्शन मोडमा: भट्ट टार्गेट, हिमालयन रि वाट गोल्छा आउट
तत्कालीन प्रधानमन्त्री ओलीले रोकेका थिए भट्टको अनुसन्धान
सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले थाल्यो ठूला बिचौलियाको अनुसन्धान, यस्तो छ नालीबेली

