काठमाडौँ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पछिल्लो केही दिन यता हिमालयन रि इन्स्योरेन्सका सञ्चालकहरुको धमाधम बयान लिन सुरु गरेको छ । बिचौलीया दीपक भट्टको प्रत्यक्ष संग्लनता रहेको कम्पनीको स्रोत खोजी गर्दा हिमालयन रि का सञ्चालकहरु बयानमा तानिएका हुन् ।
नेपाली व्यवसाय जगतमा हतियार खरिदको एजेन्टका रुपमा प्रवेश गरेका भट्टको सम्पत्तिको स्रोतमाथि विभागले अनुसन्धान सुरु गरेको हो । यसअघि राष्ट्र बैंकबाट अनुसन्धानका लागि आएको फायल फर्काएर अनुसन्धान नै रोकिएकोमा विभागले पुनः उनको अनुसन्धान सुरु गरेको हो ।
अग्रवाल परिवारकै बयान
जगदम्बा र शंकर समूहका सञ्चालकमक रुपमा रहेका शाहिल र सुलभ अग्रवालसँगै उनका पिता शंकरलाल अग्रवालको विभागले बयान लिइरहेको छ । सोमबार र मंगलबार दुई दिन सुलभको बयान लिईएको विभाग स्रोतले जनायो ।
विभाग स्रोतका अुनसार उनीहरुको परिवार, व्यवसायमा संग्लन सबैको बयान लिइनेछ । उनीहरु सबैको बयान सकेपछि अन्तिममा भट्टको परिवारले बयान लिने तयारी भएको पाइएको छ ।
कम्पनीका अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएपछि शाहिल अग्रवाल, अमित मोर निर्देशकका रुपमा रहेका छन् । यस्तैगरी, संस्थापक समूहबाट रोहित गुप्ता तथा सर्वसाधारण समूहबाट राजीव मोर र शुभेच्छा खरेल बोर्डको निर्देशकमा र स्वतन्त्र सञ्चालकका रुपमा सुवास झुनझुनवाला निर्देशक रहेका छन् ।
हिमालयन रि का निर्देशक रहेका शाहिल अग्रवाल हाल शंकर ग्रुपको अध्यक्ष हुन् ।
भागेर सिंगापुर पुगेर फर्किए भट्ट
यसअघिका सरकारका प्रधानमन्त्रीको बेडरुमसम्म पहुँच राख्दै आएका बिचौलीया भट्ट पछिल्लो सयम एक्लीएका छन् । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई मिलाएर राखेका बिचौलीया भट्ट पछिल्लो समय आफै भाग्नुपर्ने अवस्था सिर्जजा भएको हाे ।
विभागले अनुसन्धान शुरु गरेपछि उनी भागेर सिंगापुर पुगेको पाइएको विभाग स्रोतले सीएनएनलाई जानकारी दियो । उनी भागेर जुनसुकै देश पुगेपनि विभागले सहजै नेपाल ल्याउन सक्ने देखिएपछि उनी स्वदेश फर्किएर विभागको सम्पर्कम पुगेको पाइएको छ । केही दिन अघि उनी २ दिनसम्म विभागमा बसेका थिए । तर, विभागका अधिकारीले अन्य सञ्चालकको बयान सकिएपछि अन्तिममा उनको बयान लिने बताएपछि उनी बाहिरिएका थिए ।
नेपाल हाल फाइनन्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’मा छ । यो सूचीबाट बाहिरिन नेपाललाई निस्कन अब एक वर्ष मात्रै समय छ । २ वर्षको समय दिईएकोमा १ वर्ष वितिसकेको र विभाग अबको एक वर्षभित्र हटाउनुपर्ने बदाबमा छ । यसका लागि नेपालले थुप्रै शुद्धीकरणसम्बन्धी काम गर्न बाँकी छ । नेपाललाई ग्रे लिस्टबाट हटाउनकै लागि प्रधानमन्त्री कार्यालय मातहत राखिएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत ल्याईएको थियो । पछिल्लो समय विभागले बिचौलीया भट्ट लगायत अन्य बिचौलीयाहरुको फायलमा धमाधम अनुसन्धान गर्दै आएको छ ।
सम्पत्ति लुकाउने दीपक भट्टको खेल फेलः सासुको नाममा खोलिएको कम्पनी निलम्बित
सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले थाल्यो ठूला बिचौलियाको अनुसन्धान, यस्तो छ नालीबेली
रास्वपा एक्शन मोडमा: भट्ट टार्गेट, हिमालयन रि वाट गोल्छा आउट

