२०८३, भाद्र ४ गते

images
  • विशेष
  • सम्पत्ति लुकाउने दीपक भट्टको खेल फेलः...

सम्पत्ति लुकाउने दीपक भट्टको खेल फेलः सासुको नाममा खोलिएको कम्पनी निलम्बित

सम्पत्ति लुकाउने दीपक भट्टको खेल फेलः सासुको नाममा खोलिएको कम्पनी निलम्बित

images
मंगलवार, चैत्र १० २०८२०२:३१
मंगलवार, चैत्र १० २०८२०२:३१
  • काठमाडौँ । व्यवसायी दीपक भट्टले सासु आमा अञ्जना नेपालको नाममा खोलेको बोकर कम्पनी बीमा प्राधिकरणको कारवाहीमा परेको पाइएको छ । 

    प्राधिकरण बोर्डले चैत ३ गतेदेखि लागू हुने गरी भट्टले सासु आमाको नाममा खोलेको एलियन्ट रिइन्स्योरेन्स ब्रोकर्स प्रालि नामको ब्रोकर कम्पनीलाई ३ महिनाका लागि निलम्बीत गरेको हो । नियम विपरित काम गरेको भन्दै प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३४ को उपदफा (१) को खण्ड (ङ) बमोजिम निलम्बीत गरेको जनाएको छ । 

    व्यवसायी भट्टले उक्त होटलको रिइन्स्यारेन्सका लागि सासुआमाको ब्रोकर कम्पनी र आफ्नै लगानी रहेको हिमालयन रि मार्फत गरेको थियो । नियम अनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल रि मार्फत उक्त होटलको रिइन्स्युरेन्स हुनुपर्नेमा नियम विपरित प्रिमियम हिमालयन रि मा पठाईने गरिएको थियो । 

    नियामक निकायलाई बीमा जानकारी नेपाल रि का सीईओले कानून विपरित हिमालयन रि लाई उक्त कारोबार सुम्पिएका थिए । 

    रास्वपा एक्शन मोडमा: भट्ट टार्गेट, हिमालयन रि वाट गोल्छा आउट रास्वपा एक्शन मोडमा: भट्ट टार्गेट, हिमालयन रि वाट गोल्छा आउट

    कम्पनीको सञ्चालक समितिले गर्नुपर्ने निर्णयमा बोर्डलाई कुनै जानकारी नै नदिई उनले आफूखुशी नेपाल रि ले डिल्टन होटलको रिइन्स्युरेन्स नगर्ने भन्दै हिमालयन रि लाई कारोबार सुम्पिएका थिए । 

    नेपाल रि का सीईओ सुरेन्द्र थापालाई प्रभावमा पारेर व्यवसायी भट्टले हिमालयन रि लाई कारोबार सुम्पिदैँ आएका छन् । 

    जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित हिल्टन काठमाडौँ होटलमा भएको आगलागीपछि उठेको बीमा दाबी प्रकरणमा पुनर्बीमा कम्पनीहरूबीच जिम्मेवारी सार्ने चलखेल भएपछि नियामक निकाय नेपाल बीमा प्राधिकरणले छानबिन समिति नै गठन गरेको थियो । प्राधिकरणले गरेको छानबिनका क्रममा उनीहरुले गल्ती गरेको भेटिएपछि कारवाही गरिएको हो । 

    स्रोतका अनुसार भट्टले प्रत्यक्ष रूपमा संलग्नता लुकाउन परिवारका सदस्यको नाममा कम्पनी दर्ता गरी आर्थिक गतिविधि सञ्चालन गर्दै आएका थिए । भट्टले हिमालयन रिइन्स्योरेन्सबाट गैरकानुनी रुपमा आएको ५२ करोड रुपैयाँ भुक्तानी लिनका लागि सासुआमाको नाममा कम्पनी खडा गरेका थिए । उनले सासुको नाममा नेपालमा कम्पनी खोलेपनि सासुआमा भने अधिकांश समय अमेरिकामै बस्ने गरेको पाइएको छ ।

    सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले थाल्यो ठूला बिचौलियाको अनुसन्धान, यस्तो छ नालीबेली सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले थाल्यो ठूला बिचौलियाको अनुसन्धान, यस्तो छ नालीबेली

    उनले २०७८ साल फागुन १६ गते कम्पनी रजिष्ट्रार कार्यालयमा उक्त नामको कम्पनी खडा गरेका थिए । बीमा समितिले २०७८ सालको जेठमा नयाँ रिइन्स्युरेन्स कम्पनीका रुपमा हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई सञ्चालनको अनुमति दिएको थियो । बीमा समितिको अनुमतिका आधारमा साउन १० गते कम्पनी रजिष्ट्रार्डको कार्यालयमा उक्त कम्पनी दर्ता भएको थियो । 

    तत्कालीन प्रधानमन्त्री ओलीले रोकेका थिए भट्टको अनुसन्धान तत्कालीन प्रधानमन्त्री ओलीले रोकेका थिए भट्टको अनुसन्धान

    आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा भट्टले सोही कम्पनीबाट नियम विपरित श्रीमती हुँदै आफ्नो नाममा रहेको बैंक खातामा ५२ करोड रुपैयाँ डिपोजिट गरेका थिए । 

    हिमालयन रि इन्स्योरेन्स लगायत अन्य कम्पनीमा भट्टले गरेको लगानीको स्रोत माथि सम्पक्ति शुद्धिकरण अनुसन्धान विभागले छानविन सुरु गरेको छ । यसअघि लामो समयसम्म विभागमा रोकिएर राष्ट्र बैंकमा फिर्ता पठाएको फाइल विभागले पुन खोलेको हो । विभागले फायल खेलेर हिमालयन रि इन्स्योरेन्सका सेयरहोल्डरलाई धमाधम बयानका लागि बोलाएपछि कारवाहीमा पर्ने डरले अध्यक्ष शेखर गोल्छाले राजीनामा समेत दिएका छन् । 

    हिमालयन रि इन्स्योरेन्सले नेप्सेमा पठाएको पत्रमा फागुन २५ गते अध्यक्षले राजीनामा दिएको उल्लेख गर्दै चैत ५ गते बसेको सञ्चालक समितिले स्वीकृति गरेको उल्लेख छ । 

    सम्बन्धीत समाचार:

    हिल्टन होटेल पुनर्बीमामा ब्रोकर सहित नेपाल र हिमालयन रि को बदमासी, लाइसेन्स निलम्बीतदेखि नगद जरिवानासम्म

    राजीनामा दिने भन्दै बाहिरिएका नेपाल रि का सीईओ शंखास्पद व्यक्ति लिएर हाजिरी भए, कर्मचारी भन्छन्ः धम्की आयो

    कसको स्वार्थमा खोसियो सरकारी कम्पनी नेपाल रिको ३ अर्बको बीमा कारोबार?

    हिमालयन रि लाई पोस्दै नेपाल रि का सीईओः म्यादी पछि अब पालो मोटर बीमाको 

    बीमा प्राधिकरणका अध्यक्ष ओझा अख्तियारको दोहोरो अनुसन्धानमा

    स्वार्थ समूहको चंगुलमा ओझाः नेपाल रिको ३ अर्बको व्यापार खोसेर हिमालयनलाई

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend