२०८३, आश्विन १९ गते

images
  • विशेष
  • राजीनामा दिने भन्दै बाहिरिएका नेपाल रि...

राजीनामा दिने भन्दै बाहिरिएका नेपाल रि का सीईओ शंखास्पद व्यक्ति लिएर हाजिरी भए, कर्मचारी भन्छन्ः धम्की आयो

राजीनामा दिने भन्दै बाहिरिएका नेपाल रि का सीईओ शंखास्पद व्यक्ति लिएर हाजिरी भए, कर्मचारी भन्छन्ः धम्की आयो

शुक्रवार, आश्विन १० २०८२०१:४६
शुक्रवार, आश्विन १० २०८२०१:४६
  • images

    काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालीन नेपाल रि (नेपाल पूनर्बीमा कम्पनी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा अपरिचित शंखास्पद व्यक्तिका साथमा कार्यालय प्रवेश गरेर हाजिरी गरेको पाइएको छ । 

    भदौ २९ र ३० गते बसेको सञ्चाकल समितिको बैठकमा राजीनामा दिने भन्दै बाहिरिएका उनी बिहीबार शंखास्पद व्यक्तिका साथमा कार्यालयमा प्रवेश गरी हाजिरी गरेपछि कर्मचारीहरु शंसकीत बनेका छन् । राजीनामा दिन्छु भनेर बिहिरिएका उनी भदौ ३० गतेदेखि असोज ७ गतेसम्म जानकारी बिनै कार्यालयमा अनुपस्थित रहेका थिए । 

    सरकारी कम्पनीलाई डुवाएर निजी क्षेत्रको लगानीमा सञ्चालित प्रतिस्पर्धी कम्पनी हिमालयन रि लाई सबै कारोबार सुम्पिएका उनी शुक्रबार पनि कार्यालयमा उपस्थित रहेको पाइएको छ । निजी कम्पनीलाई सबै कारोबार सुम्पिएको विषयमा सञ्चालक समितिमा चर्काचर्की भएपछि उनी बिचमै बैठक छोडेर राजीनामा दिने भन्दै बाहिरिएका थिए । मौखिक रुपमा राजीनामा दिनेभन्दै बाहिरिएका उनी प्रहरी कार्यालय पुगेर कर्मचारी विरुद्ध उजुरी समेत गरेको कर्मचारीहरुले जनाएका छन् । 

    नेपाल रि मा कार्यरत कर्मचारीको छाता संगठनको रुपमा रहेको नेपाल रि स्वतन्त्र कर्मचारी यूनियनले एक विज्ञप्ती जारी गर्दै सीईओ थापा शंखास्पद व्यक्तिका साथ कार्यालयमा उपस्थित हुँदा कर्मचारीहरु भयवित  मानसिक रुपमा विचलित भएको जनाएको छ । 

    suchana.jpeg

    विज्ञप्तीमा सीईओ थापाले एकपछि अर्काे कारोबार सबै हिमालयन रि लाई सुम्पिएर संस्था डुवाएको, कर्मचारीमाथि अनेक आरोप लगाएको र अन्य व्यक्तिलाई फोन गर्न लगाएर कर्मचारीलाई धम्की दिएको समेत उल्लेख छ ।

    सीईओ थापाले विभिन्न कर्मचरीहरुलाई व्यत्तिगत रुपले फोन गरि आतंकित बनाउने गरेको तथा प्रहरी परिसरमा मेलमिलापको निमित्त प्रस्तुत हुँदा समेत अपरिचित व्यत्तिल्याई धम्कीपूर्ण रुपले नितान्त व्यक्तिगत विषयमा समेत दखल दिने गरी त्रासदीपूण वातावरण सिर्जना भएको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् । 

    ‘असोज ९ गते पूर्ववत सहमति विपरित राजीनामा नदिई, अपरिचित शंखास्पद व्यक्तिहरुका साथ करिब १२ बजे नेपाल पुनर्बीमा कम्पनीको कार्यालयमा आई हाजिर गरी केही समय पश्चात कार्यालयबाट बाहिरिएको घटनाले हामी सम्पूर्ण कर्मचारीहरु भयवित र मानसिक रुपले विचलित समेत भएका छाैँ । यस्ता घटनाले कर्मचारीले आफ्नो कार्य सम्पदान गर्न नसक्ने विषम परिस्थितिको सुजना मात्र नभई आफ्नो परिवारको जीउज्यानको सुरक्षामा समेत गंभिर संकट पैदा भएको छ’, विज्ञप्तीमा भनिएको छ । 

    नेपाल रि मा सीईओ थापाले गरेको अनियमितता र बेथितिको बारेमा सीएनएन खबरले नियमित रुपमा उजागर गर्दै आएको छ । यसअघि लेखिएका समाचारको लिंक दिईएको छ ।

    कसको स्वार्थमा खोसियो सरकारी कम्पनी नेपाल रिको ३ अर्बको बीमा कारोबार?

    हिमालयन रि लाई पोस्दै नेपाल रि का सीईओः म्यादी पछि अब पालो मोटर बीमाको 

    बीमा प्राधिकरणका अध्यक्ष ओझा अख्तियारको दोहोरो अनुसन्धानमा

    स्वार्थ समूहको चंगुलमा ओझाः नेपाल रिको ३ अर्बको व्यापार खोसेर हिमालयनलाई

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend