२०८३, भाद्र ४ गते

images
  • विशेष
  • हिमालयन रि लाई पोस्दै नेपाल रि...

हिमालयन रि लाई पोस्दै नेपाल रि का सीईओः म्यादी पछि अब पालो मोटर बीमाको

हिमालयन रि लाई पोस्दै नेपाल रि का सीईओः म्यादी पछि अब पालो मोटर बीमाको

images
मंगलवार, आषाढ ३ २०८२११:५०
मंगलवार, आषाढ ३ २०८२११:५०
  • काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) का सीईओ सुरेन्द्र थापाले एक पछि अर्काे कारोबार निजी कम्पनीलाई सुम्पिएको पाइएको छ । 

    केही समय अघि बीमा प्राधिकरणमा लिखित रुपमै निर्णय गरेर वैदेशिक म्यादी बीमालेख सम्बन्धी सम्पूर्ण कारोबार हिमालयन रि इन्स्युरेन्सलाई सुम्पिएका उनले मोटर बीमा सम्बन्धी काम समेत सुम्पिने तयारी थालेका हुन् । 

    वैदेशिक म्यादी बीमा निजी कम्पनीलाई सुम्पिदा मेउ नपाएका नेपाल रि का कर्मचारीहरु अहिले भने चनाखो भएका छन् । सीईओ थापा र सञ्चालक समितिको मिलोमोतोमा मोटर बीमाको समेत काम हिमालयन रि लाई सुम्पिने तयारी भएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । 

    नेपाल रि स्वतन्त्र कर्मचारी युुनियनले एक विज्ञप्ती जारी गर्दै सरकारी स्वामित्वमा सञ्चालीत कम्पनीलाई डुवाएर निजी कम्पनीलाई पोस्ने काम भएको भन्दै कर्मचारीहरु खुलेरै प्रतिवाद गर्ने जनाएको छ । 

    ‘यस कम्पनीको दीर्घकालीन अस्तित्वलाई ध्वस्त पार्ने गरी विगत केही समयदेखि हुदै आएका चलखेल तथा शंकास्पद क्रियाकलाप सबै सामु छर्लङ्ग नै थियो । सोही क्रममा एफीइ पुल विजनेश यस अघि नै दिंदा समेत यस कम्पनीको व्यवस्थापन तह ÷ सञ्चालकका तर्फबाट एक संक्षिप्त विज्ञप्ती समेत जारी गर्न नसकी मौन सहमति दिएको सम्पूर्णमा अवगत नै छ । हाल आएर यस कम्पनीको सर्वाधिकार रहेको ‘मोटर टीपीएल’ व्यवसाय समेत कम्पनीका कर्मचारीहरुको भर मजबुर प्रयास गर्दागर्दै कम्पनीका केही उच्च व्यवस्थापन तथा नीति निर्माण गर्ने तह नै पदिय जिम्मेवारीवाट च्यूत भई कम्पनीलाई धारासायी पार्ने गरी भित्रभित्रै निर्णय गरी हाल आएर रकम समेत बुझाउन तम्तयार भएको प्रति नेपाल रि स्वतन्त्र कर्मचारी युनियनको गम्भिर ध्यानाकर्षण भएको छ’, यूनियनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उक्त गलत प्रकृयामा संलग्न अधिकारीहरुलाई तत्काल कारबाही गरी सरकारको समेत लगानी रहेको कम्पनीको भविस्यलाई संरक्षण गर्न व्यवस्थापन तथा संचालक समिति समक्ष गंभिर ध्यानाकर्षण गराउन चाहान्छौँ ।’

    कम्पनीको हितलाई दखल पुग्नेगरी हुने वा भएका कुनै पनि कार्यमा संलग्न जो सुकै कर्मचारी विरुद्ध जस्तोसुकै कदम चाल्न पनि नेपाल रि स्वतन्त्र कर्मचारी यूनियन बाध्य हुने विज्ञप्तीमा उल्लेख छ । 

    यूनियनले कम्पनी विरुद्ध हुने गलत कार्यको शिलशिला नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएकाे छ । कम्पनीका सीईओ, सञ्चालक समितिसँग केही उच्च तहका कर्मचारीको समेत मिलोमोतो रहेको भन्दै कर्मचारीहरु यत्तिकै हेरेर नबस्ने कर्मचारीहरु बताउँछन् ।  

    नेपाल रि ले हाल गर्दै आएको मोटर बीमा बापत वार्षिक रुपमा १८ करोड रुपैयाँ नाफा हुँदै आएको थियो । ३ वर्षका लागि हिमालयन रि लाई सुम्पिने तयारी हुँदा नेपाल रि लाई ५८ करोडभन्दा बढी नोक्सान हुनेछ । 

    यसअघि नेपाल रि ले वार्षिक ३ अर्बभन्दा बढीको कारोबार हुँदै आएको म्यादी बीमालेख हिमालयनलाई सुम्पिसकेको छ । नेपाल रि का सीईओ थापाको मिलोमोतोमा हिमालयनलाई सम्पूर्ण कारोबार सुम्पिने चलखेल हुँदा समेत नियामक निकायको वेवास्ता रहेको कर्मचारीहरुको आरोप रहेको छ । 

    bigyapti.jpeg

    बीमा प्राधिकरणका अध्यक्ष ओझा अख्तियारको दोहोरो अनुसन्धानमा बीमा प्राधिकरणका अध्यक्ष ओझा अख्तियारको दोहोरो अनुसन्धानमा

    स्वार्थ समूहको चंगुलमा ओझाः नेपाल रिको ३ अर्बको व्यापार खोसेर हिमालयनलाई स्वार्थ समूहको चंगुलमा ओझाः नेपाल रिको ३ अर्बको व्यापार खोसेर हिमालयनलाई

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend