२०८३, आश्विन १९ गते

images
  • विशेष
  • रास्वपा एक्शन मोडमा: भट्ट टार्गेट, हिमालयन...

रास्वपा एक्शन मोडमा: भट्ट टार्गेट, हिमालयन रि वाट गोल्छा आउट

रास्वपा एक्शन मोडमा: भट्ट टार्गेट, हिमालयन रि वाट गोल्छा आउट

आइतवार, चैत्र ८ २०८२०४:३६
आइतवार, चैत्र ८ २०८२०४:३६
  • images

    काठमाडौँ । रास्वपा नेतृत्वमा बन्ने नयाँ सरकारको पहिलो तार्गेट बिचौलीया दिपक भट्ट रहेपछि कारवाहीमा पर्ने डरले हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएका छन् । कानून विपरित तत्कालीन सरकारलाई प्रभाववमा पारेर भट्ट नेतृत्वको समूहले हिमालयन रि इन्स्योरेन्सको लाइसेन्स प्राप्त गरेको थियो । 

    भट्टको एकल स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्ससँग हिमालयन रिको ४६ लाख ८० हजार कित्ता (४.५० प्रतिशत) शेयर छ । कानून विपरित लाइसेन्स पाएपछि त्यसको अध्यक्षमा नेपाल उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष शेखर गोल्छा नियुक्त भएका थिए । 

    गोल्छाले हिमालयन रि को अध्यक्ष बन्न तत्कालीन युनियन लाइफ इन्स्योरेन्स (हाल हिमालयन लाइफ इन्स्योरेन्स) को अध्यक्षबाट राजीनामा दिएका थिए । युनियनमा उनको २० प्रतिशत शेयर स्वामित्व थियो । भट्टसँगै आफू पनि कारवाहीमा पर्ने डरले उनले अध्यक्षबाट राजीनामा दिएका हुन् । चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा समेत स्वीकृति गरेको पाइएको छ । 

    बीमा समितिका तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवाल उनलाई अध्यक्षको शपथ खुवाएका थिए । २०७८ को कार्तिक २६ गते प्रथम वार्षिक साधारणसभाबाट  ४ वर्षका लागि उनि अध्यक्ष भएका हुन् । तोकिएको समयभन्दा अगाडी उनले पदबाट राजीनामा दिएका हुन् ।

    सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले थाल्यो ठूला बिचौलियाको अनुसन्धान, यस्तो छ नालीबेली सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले थाल्यो ठूला बिचौलियाको अनुसन्धान, यस्तो छ नालीबेली

    रास्वपाका बारिष्ठ उपाध्यक्ष बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्नु अघि नै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ठूला बिचौलियाको रूपमा चिनिएका दीपक भट्टमाथिको अनुसन्धान पुनः सुरु गरेको छ । केही समयअघि मात्रै विभागले उनले कम्पनीमा गरेको लगानी, उनको सम्पत्तिको आयस्रोत, उनी र उनको कम्पनीले गर्ने लगानी तथा कारोबारबारे विस्तृत छानबिन अघि बढाएको हो । 

    विभाग स्रोतले सीएनएनलाई दिएको जानकारी अनुसार अहिले उनी र उनको स्वामित्वमा रहेका कम्पनीले गरेको कारोबार माथि अध्ययन भइरहेको छ । ‘हामीले पुनः फाइल खोलेर अनुसन्धान सुरु गरेका छौँ । छिट्टै यसको निचोड निस्कन्छ’, स्रोतले भन्यो ।

    यसअघि उनी विरुद्ध पटक पटक अनुसन्धान भएर रोकिदै आएको थियो । राजनीतिक रुपमा धेरै शक्तिशाली रहेका भट्टले यसअघि अनुसन्धान सुरु भएको जानकारी पाए लगत्तै शक्तिको आडमा अनुसन्धान प्रभावित बनाउँदै आएका थिए । जसको नेतृत्वमा सरकार बन्छ त्यही सरकारको निकट हुन माहिर भट्ट विशेषगरी पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको श्रीमती पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवाका विश्वास पात्र हुन् । भट्टले गर्ने हरेक अवैध काममा सघाउने जिम्मेवारी राणाको रहेको निकट स्रोतहरुको दाबी छ । 

    तत्कालीन प्रधानमन्त्री ओलीले रोकेका थिए भट्टको अनुसन्धान तत्कालीन प्रधानमन्त्री ओलीले रोकेका थिए भट्टको अनुसन्धान

    भट्टसँग जोडिएका सम्भावित आर्थिक कारोबार, सम्पत्तिको स्रोत र विभिन्न व्यावसायिक सम्बन्धहरूबारे तथ्य संकलन तथा कागजात संकलन गरेर अध्ययनको भइरहेको विभागको दाबी छ । प्रारम्भिक चरणको अनुसन्धानपछि आवश्यक परे थप सोधपुछ र कानुनी प्रक्रिया अघि बढाइने विभाग निकट स्रोतले सीएनएनलाई बतायो । 

    पछिल्लो समय अवैध सम्पत्ति र शंकास्पद आर्थिक कारोबारमाथि निगरानी बढाइएकाले भट्टसँगै केही चर्चित व्यक्तिहरूको फाइलमा पनि अनुसन्धान सुरु गरिएको बताइन्छ । 

    बालेन नेत्वृवमा बन्ने नयाँ सरकारको अर्थमन्त्रीमा डा. स्वणीम वाग्ले बन्ने लगभग पक्का भएको छ । उनी मन्त्रीको पदबाहाली गरेसँगै बिचौलीयाका पुराना फायल खोल्ने तयारी छ । भट्टको लगानी, उनले गरेका नियुक्तीमा केन्द्रीत रहेको बताईएको छ । 

    सम्बन्धीत समाचार:

    राजीनामा दिने भन्दै बाहिरिएका नेपाल रि का सीईओ शंखास्पद व्यक्ति लिएर हाजिरी भए, कर्मचारी भन्छन्ः धम्की आयो

    कसको स्वार्थमा खोसियो सरकारी कम्पनी नेपाल रिको ३ अर्बको बीमा कारोबार?

    हिमालयन रि लाई पोस्दै नेपाल रि का सीईओः म्यादी पछि अब पालो मोटर बीमाको 

    बीमा प्राधिकरणका अध्यक्ष ओझा अख्तियारको दोहोरो अनुसन्धानमा

    स्वार्थ समूहको चंगुलमा ओझाः नेपाल रिको ३ अर्बको व्यापार खोसेर हिमालयनलाई

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend