काठमाडौँ । नेपाली सेयर बजारमा ठूलो अनियमितताको संकेत देखिँदै गएको छ। स्रोतका अनुसार डबल ISIN (एकै कम्पनीका फरक प्रकृतिका शेयरलाई एउटै चिनारी नम्बरमा मिसाउने) सम्बन्धी गम्भीर दुरुपयोग काण्ड छिट्टै सार्वजनिक हुने तयारीमा रहेको छ।
बजारका जानकारहरूका अनुसार यस प्रकरणमा उच्च तहका व्यक्तिहरूको संलग्नता हुनसक्ने आशंका गरिएको छ। यद्यपि, औपचारिक रूपमा कुनै नाम सार्वजनिक भइसकेको छैन। तर, प्रारम्भिक सूचनाहरूले सेयर बजारको संरचना र नियमन प्रणालीमै प्रश्न उठाउने खालका तथ्यहरू बाहिर आउन लागेको संकेत गरेका छन्।
विशेषगरी डिम्याट प्रणाली र दोस्रो बजार कारोबारमा प्रयोग हुने ISIN को दुरुपयोगमार्फत लगानीकर्तालाई झुक्याउने, लकइन अवधिमा रहेका शेयरलाई समेत कारोबारयोग्य बनाउने जस्ता गतिविधि भएको आशंका गरिएको छ। यसले साना लगानीकर्तालाई ठूलो जोखिममा पार्ने सम्भावना औँल्याइएको छ।
कसरी बिछ्याइयो ठगीको जाल? यससम्बन्धी विस्तृत विवरण, संलग्न व्यक्तिहरूको पहिचान र आर्थिक प्रभावबारे तथ्यांकसहितको रिपोर्ट भोलि बिहान प्रकाशित गरिनेछ।

