२०८३, आश्विन १९ गते

images

नेप्सेमा सामान्य गिरावट: ५.७३ अंकले घटेर २७३८ विन्दुमा बन्द, कारोबार करिब ४.९१ अर्ब

नेप्सेमा सामान्य गिरावट: ५.७३ अंकले घटेर २७३८ विन्दुमा बन्द, कारोबार करिब ४.९१ अर्ब

सीएनएन खबर
बिहिवार, बैशाख १७ २०८३०३:२४
सीएनएन खबर
बिहिवार, बैशाख १७ २०८३०३:२४
  • images

    काठमाडौँ । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५.७३ अंकले घटेर २ हजार ७३८.७२ विन्दुमा बन्द भएको हो ।

    आज १ करोड ९ लाख ७७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    त्यसैगरी, आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १० कम्पनीको शेयरमूल्य स्थिर छ ।

    आज श्रीनगर एग्रिटेकको शेयरमूल्य १२.५७ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ । कम्पनीको २६ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend