काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३४.६३ अंकले घटेर २ हजार ७०४.०८ विन्दुमा बन्द भएको हो ।
आज १ करोड ७४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब २६ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यसैगरी, आज २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। २ कम्पनीको शेयरमूल्य स्थिर छ ।
आज फरवाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको ३१ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

