२०८३, भाद्र १३ गते

images
  • स्वास्थ्य
  • आर्थिक संकटले थलियो स्वास्थ्य बीमा, निजी...

आर्थिक संकटले थलियो स्वास्थ्य बीमा, निजी अस्पतालमा सेवा बन्द हुने

आर्थिक संकटले थलियो स्वास्थ्य बीमा, निजी अस्पतालमा सेवा बन्द हुने

images
बुधवार, जेठ १३ २०८३११:१७
बुधवार, जेठ १३ २०८३११:१७
  • काठमाडौँ । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। 

    स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो।

    बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बिहीबार सार्वजनिक गरेको सूचनामा यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने उल्लेख छ।

    यही जेठ ११ गते बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने  छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ।

    बीमा बोर्डका अनुसार अहिलेसम्म सेवाप्रदायक सस्थालाई १६ अर्ब तिर्न बाँकी छ। निजी अस्पतालहरूले लामो समयदेखि सरकारले स्वास्थ्य बीमावाफत्को भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend