काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो जस्तै आज पनि सुन प्रतितोला ३ लाख ०६ हजार ८०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला ४ हजार ७५५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च तीन लाख ३९ हजार तीन सय रुपियाँ पुगेको थियो भने सो दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च ७ हजार पाँच सय पाँच रुपियाँ कायम भएको थियो ।

