काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनकि गरेको तथ्यांक अनुसार बिहीबार सुन तोलामा ९ हजार ३ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला २ सय ६० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपियाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च तीन लाख ३९ हजार तीन सय रुपियाँ पुगेको थियो भने सो दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च ७ हजार पाँच सय पाँच रुपियाँ कायम भएको थियो ।

