काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य दिनानुदिन बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुनको मूल्य थप बढेको हो ।
बिहीबार ९ हजार ३०० रुपैयाँले बढेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ३ हजार ३०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै शुक्रबार सुनको मूल्य ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ । बिहीबार ९ हजार ३०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको थियो ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १ सय ३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

