२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टको १...

बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टको १ करोड ११ लाख सहयोग

बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टको १ करोड ११ लाख सहयोग

आइतवार, भाद्र १४ २०८३०४:३९
आइतवार, भाद्र १४ २०८३०४:३९
  • images

    काठमाडौँ । अर्घाखाँची सिमेन्ट लिमिटेडले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

    भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवासहित नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढी प्रभावितको राहतका लागि अर्घाखाँची सिमेन्टले उक्त रकम सहयोग गरेको हो।

    सहयोग रकमको चेक अर्घाखाँची सिमेन्ट लिमिटेडका अध्यक्ष पशुपति मुरारकाले आइतबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

    चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका सञ्चालकहरू राजेश अग्रवाल र मनोज केडियालगायतको उपस्थिति रहेको थियो।

    कम्पनीले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सरकारमार्फत उक्त रकम उपलब्ध गराएको जनाएको छ।

    भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा जनधनको ठूलो क्षति भएको छ। प्रभावित क्षेत्रमा अहिले पनि उद्धार, राहत तथा पुनःस्थापनाका प्रयास जारी छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend