२०८३, आश्विन १९ गते

images

शाइन रेसुङ्गा बैंकले दिने भयो १६ प्रतिशत लाभांश, असोज २८ मा साधारणसभा

शाइन रेसुङ्गा बैंकले दिने भयो १६ प्रतिशत लाभांश, असोज २८ मा साधारणसभा

मंगलवार, आश्विन ६ २०८३११:४४
मंगलवार, आश्विन ६ २०८३११:४४
  • images

    काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न १८ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिले सेयरधनीहरूलाई कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव सहित बैंकले १८ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८२/०८३ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्तव गरेको छ ।

    बैंकले आफ्नो १८ औं वार्षिक साधारण सभा आगामी २०८३ साल असोज २८ गते बुधबार बुटवलको होटल सेफ्रन सि.के. (हायात प्लेस) मा गर्ने असोज १३ गते सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यस आधारमा असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न पाउनेछन् ।

    साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिनेछ ।

    साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने, बोनस सेयर जारी पश्चात् बैंकको चुक्ता तथा जारी पूँजी वृद्धि गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, सञ्चालकहरूको बैठक भत्ता तथा सुविधाहरू वृद्धि गर्ने र आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावली परिमार्जनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरू सभामा पेश गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend