२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • वार्षिकोत्सवको अवसरमा प्राइम बैंकको रक्तदान, ५२२...

वार्षिकोत्सवको अवसरमा प्राइम बैंकको रक्तदान, ५२२ जनाले दिए रगत

वार्षिकोत्सवको अवसरमा प्राइम बैंकको रक्तदान, ५२२ जनाले दिए रगत

बिहिवार, आश्विन ८ २०८३०२:०३
बिहिवार, आश्विन ८ २०८३०२:०३
  • images

    काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशभर रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

    बैंकले असोज ७ गते काठमाडौँको कमलपोखरीस्थित केन्द्रीय कार्यालयसहित सात स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । बैंकका अनुसार कोशी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी, कैलालीमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

    कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुक गरी ५२२ जनाले रक्तदान गरेका थिए ।

    रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता तथा प्राविधिकहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले धन्यवाद दिएका छन् । उनले मानवीय सेवाका लागि आवश्यक रगत संकलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

    बैंकले आगामी दिनमा पनि यस्ता विभिन्न सामाजिक सेवामूलक तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend