२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता,...

मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता, बुल मेसिन खरिदमा सहज कर्जा

मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता, बुल मेसिन खरिदमा सहज कर्जा

बिहिवार, आश्विन ८ २०८३०४:३४
बिहिवार, आश्विन ८ २०८३०४:३४
  • images

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

    सम्झौताअनुसार अटोवेज प्रालिले बिक्री गर्ने बुल मेसिनलाई धितोका रूपमा राखेर बैंकले डिलरको बिल बिजक मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउन सक्नेछ। ग्राहकले बैंकले स्वीकार गर्ने थप धितो तथा सम्पत्ति उपलब्ध गराएमा प्रचलित कर्जा नीतिअनुसार बिल बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा सुविधा पाउन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

    निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिदका लागि वित्तीय सहयोग पुर्‍याउने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार यस सहकार्यले उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न तथा निर्माण व्यवसायीलाई आवश्यक उपकरण खरिदमा सहजीकरण गर्नेछ।

    मुक्तिनाथ विकास बैंकले यसअघि पनि आवास, अटो तथा कृषि लगायत विभिन्न क्षेत्रमा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

    सम्झौतामा बैंकका गण्डकी क्षेत्रीय प्रमुख लीलबहादुर गुरुङ र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend