काठमाडौँ । अहिले नेपालको पर्यटन क्षेत्रको चलायमान कोरोना महामारीको अवस्थाभन्दा अगाडि पुग्न सकेका छैन । विश्वव्यापी रुपमा पर्यटन क्षेत्रमा १५ प्रतिशत रिकभरी भए पनि सन् २०२३ मा नेपालको रिकभरी ८४ प्रतिशत छ । यसले विश्वको रिकभरी दरभन्दा नेपालको केही कम रहेको देखाउँछ ।
कोमिडभन्दा अगाडि नेपालको पहिलो पर्यटन बजार भारत थियो । त्यसपछि क्रमशः चीन, अमेरिकालगायत देश थिए । तर, कोरोनापछि पहिलो स्रोत बजार भारत भएको छ । दोस्रोमा अमेरिका छ । चीन हाम्रो छिमेकीसँगै संसारकै लार्जेस्ट आउट बाउन्ड मार्केट हुँदाहुँदै पनि पूर्ण स्पले रिकभरी हुन सकिरहेको छैन ।
।
करिब १० लाख जनशक्तिलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेपालको पर्यटन क्षेत्रले रोजगारी दिएको छ । विदेशी मुद्रा कमाइमा आज पनि महत्त्वपूर्ण क्षेत्रका रुपमा पर्यटन छ । राज्यले पनि विस्तारै पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न थालेको छ । विभिन्न राजनीतिक पार्टी, प्रशासनिक संयन्त्रलगायत राज्यका सबै सरोकारवालाले पर्यटनलाई आफ्नो प्राथमिकतामा राखेका छन् । दिगो विकासको सशक्त क्षेत्रका रूपमा पर्यटनलाई मान्न थालिएको छ ।
अहिले पर्यटन क्षेत्रको विकासका लागि सबैभन्दा ठुलो चुनौती पूर्वाधारको छ सबै भरोसायोग्य एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । दुईवटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनको चरणमा पुगे पनि विश्वसनीयता हात लागिसकेको छैन । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरास्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी ज्यान नहुँदासम्म प्रश्नको घेरामा रहिरहन्छ । अहिले पर्यटनलाई मुख्य गन्तव्यमा जोड्ने प्रयास यातायातमार्फत भइरहेको छ । तर, सडक यातायातको बाटो राम्रो छैन । अहिले पर्यटन क्षेत्रमा संग्लन धेरैजसो जनशक्ति (जो लामो समयदेखिको अनुभव प्राप्त दक्ष जनशक्ति विदेश पलायन भएका छन् ।
नेपालको पर्यटन क्षेत्र बलियो सम्भाव्यता बोकेको क्षेत्र हो । पाँचवटा क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने हो भने अबको केही वर्षभित्रै नेपालको समृद्धिमा योगदान दिन सक्ने क्षेत्रका रूपमा पर्यटनलाई राख्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले हामीले एभिएसन क्षेत्र (हवाई उडान) को विस्तार गर्नुपर्छ । नेपाल भूपरिवेष्ठित मुलुक भएकाले हवाई उडानको विस्तार र पहुँच बढाउनुपर्छ । त्यसका लागि हामीले तीन छुट्टा– छुट्टै पाटोमा काम गर्नुपर्ने हुन्छ ।
युरोपियन देश जहाँबाट हाम्रो भ्यालुबेस पर्यटकहरु आउँछन् त्यहाँ नेपालको पहुँच पुग्न सकेको छैन । युरोपियन देशबाट विगत १३÷१४ वर्षदेखि भ्यालुबेस पर्यटकहरू नेपाल आउने गरेका हुन् । त्यस्ता ठाउँमा नेपालको प्रत्यक्ष पहुँच ÷ संग्लनता कायम राख्न युरोपसँग सिधा हवाई सम्पर्क हुनुपर्छ । त्यसले मात्र राम्रो भ्यालु पाउन सकिन्छ । दोस्रो बनेका नयाँ दुईवटा विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्छ । त्यसका लागि दुवै विमानस्थलको बजारीकरण गर्नुपर्छ तर त्यो भएको देखिंदैन ।
यद्यपि विमानस्थलको प्रचारमा सरकारले केही सहुलियतसमेत घोषणा गरेको छ । सरकारले दुवै विमानस्थल सञ्चालन गर्न दुई वर्षका लागि ल्याएको आकर्षक प्याकेजबारे सम्बन्धित देशमा बजारीकरण गर्नु आवश्यक छ । सरकारले सम्पूर्ण शक्ति प्रयोग गरेर नवनिर्मित एयरपोर्ट सञ्चालन गर्न सक्ने हो भने नेपालमा थप १५ देखि २० लाख विदेशी पर्यटक भित्र्याउन सकिन्छ ।
अहिले नेपाल आउन चाहने विदेशी पर्यटकले भनेको समयमा टिकट ने पाउँदैनन् । टिकट पाइहाल्यो पाइहाल्यो भने कल्पना गरेभन्दा बढी मूल्य तिर्नुपर्छ । त्यसका लागि सिधा हवाई सम्पर्क बढाउने र नयाँ विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ । राष्ट्रिय ध्वजावाहक बलियो नहुँदासम्म आफ्नो प्राथमिकता भएका क्षेत्रमा बलियो उपस्थिति देखाउनै सकिँदैन । विदेशबाट आउने वायुसेवा कम्पनीहरुले आफूलाई फाइदा हुने क्षेत्रमा मात्र उडान गर्छन् ।
आजको दिनमा सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्नुपर्नेछ । १० वटा विमान नेपाल एयरलाइन्ससँग हुने र त्यसको व्यवस्थापन पक्ष बलियो हुने हो भने हाम्रो गन्तव्य अनुसारको माग पूरा गर्न सकिन्छ । अहिले गन्तव्य अनुसारको पहुँच अप्ठ्यारो हुँदा पर्यटक आउन नसकेको स्थिति छ । माग अनुसारको गन्तव्यमा नेपाल एयरलाइन्स पुग्ने हो भने पर्यटक नेपाल भित्र्याउन कठिनाइ हुँदैन ।
होटेल क्षेत्रको सहजता अहिले राम्रो अवस्थामा छ । होटेलको संख्या रूम, चेन होटेल तथा स्टार होटेलहरु भित्रने क्रम बढ्दो छु । होटेल सेवामुखी क्षेत्र हो, हामीले सेवा दिन क्षमता बनाउन दक्ष जनशक्ति विकासमा जोड दिनुपर्छ । अब आउने वर्षहरुमा हरेक २० हजार जनशक्तिलाई तालिम दिएर सेवा दिनलायक बनाउन अभियान चलाउने हो भने अवश्य राहज हुन्छ ।
त्यस्तै सडक यातायातको अवस्था तत्कालै सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । अहिले पोखरा, लुम्बिनी, भैरहवालगायत मुख्य गन्तव्यमा जाने सडकको अवस्था राम्रो । सरकारले सडक सञ्जाललाई सहज बनाउन उच्च प्राथमिकतामा राखी अवधि तोकेर काम गरेको खण्डमा विश्वास आर्जन गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय स्रोत बजारहरुमा हामीले आक्रामक रूपमा माग सिर्जना गर्न बजारीकरण गर्नुपर्छ । जसका लागि पर्यटन बोर्डको नेतृत्वमा पुराना बजारमा नयाँ सेग्मेन्टमा जान सकिन्छ । जस्तो भारतकै कुरा गर्दा धेरै धार्मिक पर्यटक नेपाल आउँछन् । त्यहाँ हामीले कर्पोरेटलगायत क्षेत्रको बजारीकरण गर्न सकिन्छ । त्यहाँबाट धार्मिक पर्यटक मात्र नभएर अन्य पर्यटकलाई आकर्षण गर्न सकिन्छ ।
यस्तै बंगलादेशको ढाका बजार । जहाँ एक घण्टाको दूरीमा उडानमार्फत जान– आउन सकिन्छ । एउटै सिटीमा साढे तीन करोड जनशक्ति भएको र त्यहाँको आर्थिक अवस्था पनि राम्रो छ । त्यस्ता ठाउँहरुमा हामीले बजारीकरण गर्नुपर्छ । युरोपमा पहिले हामीले एड्भेन्चर मार्केटिङ मात्र भन्ने गरेका थियौं । अहिले त्यहाँ आध्यात्मिक, सांस्कृति र पुरातात्त्विकमा फोकस गर्न सकिन्छ । यस्तै, नयाँ सेक्टरहरुमा हामीले आक्रामक रूपमा बजारीकरण गर्नु आवश्यकता छ ।
अहिले हाम्रो मौसम केन्द्रित पर्यटन मात्रै भएको छ । अक्टोबर नोभेम्बरमा धेरै पर्यटक आउने, फेरि अन्य सिजनमा खासै नआउने प्रवृत्ति छ । १२ महिने पर्यटक आउने गरी योजना बनाउनुपर्छ । त्यसका लागि कम पर्यटक आउने भनिएका महिनाहरुका लागि विशेष आकर्षण के हुनसक्छन्, त्यसको पहिचान र प्रवर्धन गर्न जरूरी छ । यसमा विभिन्न संयन्त्रको प्रयोग गर्न सकिन्छ । विभिन्न कूटनीतिक नियोग, नेपाललाई मन पराउने विभिन्न निकायलाई परिचालन गरेर बढीभन्दा बढी पर्यटक ल्याउन ध्यान केन्द्रित गर्नुपर्छ ।
पर्यटन ‘आइसोलेसन’ मा विकास हुने क्षेत्र होइन । आज पनि सडक पूर्वाधारको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाई छ । धेरैभन्दा धेरै विदेशी पर्यटक जाने गरेका विभिन्न पार्क तथा संरक्षित क्षेत्रहरु वन मन्त्रालयअन्तरगत पर्छ । पर्यटन क्षेत्रमा अनलाइन भिसा, ई–भिसाको धेरै माग भइरहेको छ, त्यो गृह मन्त्रायले हेर्ट । विभिन्न स्थानमा कूटनीतिक नियोगहरु छन्, जहाँबाट उहाँहरुले विदेशीलाई भिसा दिनुहुन्छ, पर्यटन प्रवर्धनका कार्यक्तमहरु पनि गर्नुहुन्छ, त्यो पर्यटन मन्त्रालय अन्तरगत छ ।
यस्ता मुख्य ४÷५ वटा निकायको बीचमा एउटा बलियो र प्रभावकारी संयन्त्र निर्माण गर्न सकिए पर्यटन क्षेत्रमा राम्रो योगदान पुग्न सक्छ । विगत २०÷२५ वर्षलाई हेदाए हरेक ३÷४ वर्षमा कुनै न कुनै समस्या आएको देखिन्५ । कुनै राजनीतिक, कुनै प्राकृतिक र कुनै महामारीका रुपमा आएको देखिन्छ । यस्ता समस्या भविष्यमा नआउने भन्ने होइन, कुनै समयमा फेरि यस्ता खालका समस्या आइपर्न सक्छन् । त्यसैले विभिन्न समयमा विभिन्न किसिमले आइपर्ने समस्या समाधानका लागि पूर्वतयारी गरेर बस्नुपर्छ । तयारी बढाउनुपर्छ ।
अहिले संसारभर जलवायु परिवर्तनको विषय गम्भीर चासोका रुपमा हेरिएको छ । जलवायु परिवर्तनका विषयमा नेपालले धेरै राम्रो गरेको छ । नेपालले अबलम्बन गरेको अभ्यासलाई बाहिर प्रचारसँगै निरन्तरता पनि दिनुपर्छ । यस्तै, जलवायु परिवर्तनमा परेका असरको न्यूनीकरणका लागि संवेदनशील भएर काम पनि गर्नुपर्छ ।
विदेशी पर्यटकसँगसँगै पछिल्लो समय आन्तरिक पर्यटकको संख्यामा पनि बढ्न थालेको छ । साँच्चिकै दिगो रुपमा नेपाललाई समृद्धि बनाउने सम्भावना बोकेको। कम लगानीमा बढी प्रतिफल आउनसक्ने, बढीभन्दा बढी जनसंख्यालाई रोजगारका अवसर सिर्जना गर्नसक्ने, वैदेशिक लगानी भित्र्याउन र एउटा छुट्टै आकर्षण पैदा गर्ने क्षेत्र पर्यटन नै हो । राज्यका सबै निकायले (केही नीतिगत, केही बोलीका हिसाबले र केही भाषागत रुपमा) प्राथमिकतामा राखेका छन् । तर, सरकारको कार्ययोजनाको प्राथमिकतामा नेपालको पर्यटन क्षेत्र पर्नु आवश्यक छ । जति छिटो पर्यटनको महत्व बुझेर सरकारी प्राथमिकतामा राख्न सकिन्छ, त्यति नै छिटो हामीले पर्यटनबाट लाभ लिन सकिने अवस्था पनि छ । त्यसैले प्रर्यटनको महत्वलाई नजरअन्दाज नगरी उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने आवश्यकता भने छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रकाशन गरेको नाफिज जर्नल ‘अर्थचित्र’ मा प्रकाशित नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीको भनाइ ।

