२०८३, आश्विन १९ गते

images
  • ब्लग
  • ‘५५ वर्षअघि ड्रमबाट पेट्रोलियम पदार्थ ल्याउने...

‘५५ वर्षअघि ड्रमबाट पेट्रोलियम पदार्थ ल्याउने निगम अहिले पाइपबाट ल्याउँन सक्ने भएको छ’

‘५५ वर्षअघि ड्रमबाट पेट्रोलियम पदार्थ ल्याउने निगम अहिले पाइपबाट ल्याउँन सक्ने भएको छ’

सीएनएन खबर
शुक्रवार, पौष २६ २०८१०४:३८
सीएनएन खबर
शुक्रवार, पौष २६ २०८१०४:३८
  • images

    काठमाडौँ । बिगतमा ड्रम बाट पेट्रोलियम पदार्थ आयात गरि बिक्रि वितरण गरेको संस्था करिब ५/६ दशकको अबधिमा मुलुकभर प्रभावकारी रुपमा पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण तथा वितरण गर्न सफल देशकै पहिलो ठुलो कारोबार गर्ने संस्थाको रुपमा स्थापित भएको छ । निगमले ठुलो संस्थाको हैसियतले अँझै बढी जिम्मेबारी बोध गरि यसले दिँदै आएको सेवालाई अँझै बढी प्रभाबकारी रुपमा उपभोक्ता सामु पुर्याउन अग्रसर छ ।

    एउटा जीवन्त संस्थाको रुपमा यसले विभिन्न आरोह अवरोहहरु छिचोल्दै आम उपभोक्ताहरुको इन्धनको आवश्यकता सहज रुपमा पूरा गर्न हर्दम समर्पित रहँदै आएको छद। संकटका समयमा वा नाकाबन्दीका बेला पेट्रोलियम पदार्थको व्यवस्थापन गर्नु त्यति सहज थिएन । बिगतका ५४ बर्षको अबधिमा यस्ता सयौं चुनौतिहरु सामना गर्दै देशकै संस्थानहरु मध्ये अग्रस्थान लिन सफल उदाहरणीय संस्थाको रुपमा स्थापित भएकोमा हामीलाई गौरब छ । यसका लागि आफ्नो उर्बर जीबन निगमका लागि समर्पित गर्नु हुने संस्थापक महाप्रबन्धक स्वर्गीय सुबर्ण बिक्रम थापा ज्यू लगायत, मंत्रिज्युहरु, निगमका अध्यक्षज्युहरु, पूर्व कर्मचारीज्यूहरु, बहालवाला कर्मचारी ज्युहरुको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गर्न चाहन्छु ।

    यसै अबसरमा हाम्रा बिगतका केहि महत्वपुर्ण उपलब्धिहरुको सम्झना गर्न उपयुक्त ठान्दछु । स्वचालित मूल्य प्रणाली लागु नभएको अवस्थामा मूल्य निर्धारण गर्न कठिन थियो, हरेक पटकको मूल्य निर्धारणमा ने. आ. नि. घेराउ हुने गथ्र्यो, स्कुल–कलेज हड्ताल हुन्थे, नेपाल बन्द हुन्थ्यो र सडकमा टायर बालिन्थे ।

    २०७१ साल देखि लागु गरिएको स्वचालित मूल्य प्रणालीको प्रयोगले निगमको आर्थिक अवस्था सुद्रिड भएको छ । २०७६ साल बाट संचालनमा आएको मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको प्रयोगले डिजेलको आपूर्ति–वितरणमा सुधार हुनुका साथै बिक्री मुल्यमा करिब रु ३ प्रति लि. सस्तो पर्न गएको छ ।

    डिपोहरूको स्तरोन्नति गरिएकाले पेट्रोलियम पदार्थको कारोबारमा विश्वसनीयता र सुरक्षित बनेको छ । केहि मट्टितेलका टैंकीहरु पेट्रोलमा रुपान्तरण गरिएकाले क्षमता बृद्दी भएको छ । 

    ट्याक ट्रकमा लगाईएको लकिङले ढुवानीको क्रममा हुने अनियमिततामा कमि आएको छ । इआरपीको प्रयोगले पे. प. को कारोबारलाई सहज बनाएको छ  ।

    कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न समय समयमा स्वदेश तथा बिदेशमा तालिमको आयोजना गरिएको छ ।

    उद्योगमन्त्री दामोद भण्डारीज्यूको निर्देशनमा सिनामंगल हवाई इन्धन डिपो स्थानान्तरण गर्ने कार्य शुरु भएको छ । धनगढीमा डिपो स्थानान्तरणको लागि जग्गा प्राप्ति गर्ने कार्य शुरु गरिएको छ भने पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्यविधि तयार गर्ने कार्य शुरु गरिएको छ । 

    एलपीजिको घरायसी र ब्यबसायिक प्रयोगमा फरक मूल्य कायम गर्ने कार्य शुरु गरिएको छ । मोतिहारी–सर्लाही एलपीजि पाइपलाइन तथा सर्लाहीमा एलपीजि भण्डारण गृह निर्माण कार्य भएको छ भने हरित हाइड्रोजन फ्यूलको ब्यवसायिकरण गर्न केयूसंगको सहकार्य लाई निरन्तरता दिइएको छ । 

    उपलब्धीसँगै यस्त छन् चुनौती 

    हामीसँग आबद्ध पेट्रोलियम डिलर्स, पेट्रोलियम ढुवानी ब्यबसायी तथा एलपीजि ग्यास ब्यबसायीलाई दिँदै आएको कमिसन, ढुवानी भाडाका बिषयमा बिगत देखिने समय समय मा बिबाधहरु उत्पन्न हुने गरेका छन । हामीले केहि बिषयहरुलाई स्वचालित गरि निकाश दिएका छाँै । तर अझैँ केहि विषयहरु स्वचालित गर्न बाँकि छन  ।

    यसै क्रममा निगम स.स. बाट बिषयगत अध्ययन समिति गठन गरि कार्य अगाडि बढाईएको छ र केहि बिषयहरु निर्णय गर्नुपर्ने अबस्थामा पुगेका छन । यथासक्य छिटो निर्णयमा पुग्नुपर्ने प्रति हामी सजग छौं आज वार्षिकोत्सवको दिन भएकाले तपाई हामीले गरेका राम्रा उपलब्धिहरुमा खुसियाली व्यक्त गर्ने दिन भएकाले धेरै बहस गर्न चाहन्न र व्यवसायी साथीहरु बाट पनि त्यहि अपेक्ष्या गरेको छु ।

    निगमलाई माथि उल्लेखित कार्यहरुका लागि तालुक निकायहरु उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वयं मा. मन्त्रीज्यूबाट निरन्तर प्रोत्साहनपूर्ण सहयोग प्राप्त भएको छ । यसका लागि माननीय मन्त्रीज्यू र मन्त्रालयप्रति हार्दिक आभार व्यक्त गर्दछु । सहजतापूर्वक कार्य सम्पादन गर्न निगम संचालक समितिको सहयोग उल्लेखनीय रहेको छ । यसका लागि संचालक समितिका अध्यक्षज्यू एवं संचालक समितिका सदस्यज्यूहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।


    निगमले गत आ.ब. मा ६९० हजार कि.लि. पेट्रोल, १,३६९ हजार कि.लि. डिजेल १३ हजार कि.लि. मट्टीतेल, १९८ हजार कि.लि. हवाई इन्धन र ५२५ हजार टन एल.पी. ग्यास आपूर्ति गरी आम उपभोक्ताहरुलाई सहज सेवा पुरयाएको छ ।

    निगमको गण्डकी प्रादेशिक कार्यालय, पोखरामा निर्माण भएका १०,००० कि.लि. क्षमताका क्तयचबनभ त्बलप सञ्चालनमा ल्याईएको छ । मोतिहारी– अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन परियोजनाको सेकेन्ड फेज अन्तर्गत अमलेखगञ्जमा भण्डारण क्षमता विस्तारको लागि पेट्रोलको १३,२०० कि.लि. र डिजेलको ४,१०० कि.लि. क्षमताका कुल ४ वटा स्टोरेज ट्रयक, २४ वटा लोडिङ बे, फायर फाइटिङ, कन्ट्रोल रुम, लेब्रोटोरी लगायतका अन्य पुर्बाधारहरुको निर्माण सम्पन्न गरि परिक्षणको लागि पेट्रोल र मट्टितेलको आयात शुरु गरिएको छ ।

    अमलेखगंज– लोथर पाइपलाइन र लोथरमा भण्डारण गृह साथै सिलिगुडी– चारअली पाइपलाइन र चारआलीमा भण्डारण गृह निर्माणको लागि निगमम र इण्डीयन आयल कर्पाेरेशनबीच लगानीको मोडालिटी तय नहुँदा लामो समय बी टु बी संझौता हुन नसकी निर्माण कार्य प्रारम्भ हुन सकेको थिएन । मा. मन्त्रि ज्युको भारत भ्रमण पश्चात दुवै पाइपलाइन र चारआलीको भण्डारण गृह भारत सरकारको पूर्ण अनुदानमा बन्ने गरि निगर र इण्डीयन आयल कर्पाेरेशनबीच बी टुबी संझौता सम्पन्न भई डीपीआर गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । काठमाडौँको बबरमहलमा नयाँ कर्पोरेट भवन निर्माण कार्यलाई गति प्रदान गरि ३ महिना भित्र सम्पन्न हुने गरि अगाडि बढाइएको छ ।

    पोखरा अन्तराष्ट्रिय विमानस्थलमा ३,६०० कि. लि. क्षमताको हवाई इन्धन भण्डारण गृह निर्माण कार्यलाई थप सहजीकरण गरि ४ महिना भित्र सम्पन्न हुनेगरी अगाडि बढाइएको छ । समयमा नै आन्तरिक तथा अन्तिम लेखापरीक्षणको कार्य सम्पन्न गरिएको छ ।

    निगमको ५५ औँ वार्षिकोत्सवको अवसरमा निगमका कार्यकारी निर्देशक भट्टले राखेको मन्तव्यको पुर्णपाठ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend