२०८३, आश्विन १९ गते

images

‘अञ्जिला’ बन्यो सुपरहिट, १२ दिनमौ ७ करोड भन्दा बढीको व्यापार

‘अञ्जिला’ बन्यो सुपरहिट, १२ दिनमौ ७ करोड भन्दा बढीको व्यापार

सीएनएन खबर
मंगलवार, चैत्र १२ २०८१०३:१०
सीएनएन खबर
मंगलवार, चैत्र १२ २०८१०३:१०
  • images

    काठमाडौं । नेपाली फिल्म ‘अञ्जिला’ ले घरेलु बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ । महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यस फिल्मले दर्शकको अपार माया पाउँदै राम्रो व्यापार गरिरहेको छ ।


    मिलन चाम्स निर्देशित ‘अञ्जिला’ ले प्रदर्शनको १२ दिनसम्म ७ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्स अफिस तथ्यांक अनुसार, सोमबार रातीसम्म मात्र फिल्मले नेपालभर ४ करोड ४८ लाख रुपैयाँ ग्रस कमाइ गरिसकेको छ ।


    Anjila-Tumbapo-Subba.jpgफिल्मले विदेशबाट पनि उल्लेखनीय कमाइ गरेको छ । निर्देशक चाम्सका अनुसार, ‘अञ्जिला’ ले विदेश राइट बिक्रीबाट मात्र साढे २ करोड रुपैयाँ नेट कमाइ गरिसकेको छ । उनले भने, ‘विदेशबाट मात्र हामीले लगानी उठाइसक्यौं ।’

    २ करोड रुपैयाँ लगानीमा बनेको फिल्मले अपेक्षाभन्दा धेरै राम्रो प्रदर्शन गरिरहेको छ । समीक्षक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यो फिल्मले पछिल्लो समयका हिट फिल्मको कमाइलाई समेत उछिनेको देखिन्छ । आगामी सप्ताहन्तसम्म ५ करोड रुपैयाँ ग्रस कमाइ पार गर्ने लक्ष्यसहित ‘अञ्जिला’ बक्स अफिसमा मजबूतीका साथ अगाडि बढिरहेको छ ।


    यसैबीच, निर्माण टिमले फिल्मको ऐतिहासिक सफलतालाई मध्यनजर गर्दै आउँदो साता ‘सक्सेस समारोह’ आयोजना गर्ने योजना बनाएको छ । निर्देशक चाम्सका अनुसार, यस उत्सवमा फिल्मको सफलताबारे चर्चा गर्दै दर्शक, कलाकार, तथा निर्माण टिमले उत्सव मनाउनेछन् ।


    फिल्मको सफलता संगै महिला फुटबल खेलाडीहरू प्रति दर्शकहरूको चासो बढेको र खेलाडीहरूलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend