२०८३, आश्विन १९ गते

images

अर्थले माग्यो आगामी बजेटमा सुझाव

अर्थले माग्यो आगामी बजेटमा सुझाव

मंगलवार, चैत्र २६ २०८११२:०९
मंगलवार, चैत्र २६ २०८११२:०९
  • images

    काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले सुझाव माग गरेको छ । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै आगामी बजेटमा सुझाव मागेको हो । 
     
    अर्थ मन्त्रालयले बजेट तर्जुमा प्रक्रियालाई समावेशी र सहभागी बनाउने उद्देश्यले संघ, संस्था, विज्ञ, बुद्धिजीवी, व्यवसायी, राजनीतिक दल, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम नागरिकहरूलाई बजेटका लागि सुझाव दिन हार्दिक अनुरोध गरेको छ।

    मन्त्रालयले चालु वर्षको चैत २२ गते सूचना प्रकाशित गरी, आगामी वर्षको बजेटमा समावेश गर्न सकिने उपयुक्त नीति, कार्यक्रम र सुझावहरू आगामी  वैशाख मसान्तभित्र उपलब्ध गराउन अनुरोध गरेको हो।

    सुझाव पठाउने प्रक्रिया सरल बनाउँदै मन्त्रालयले नागरिकहरूलाई अनलाइन माध्यमबाट समेत सुझाव दिन सकिने व्यवस्था मिलाएको छ। इच्छुक व्यक्तिहरूले  www.mof.gov.np मा रहेको “बजेट सुझाव” फारम भरी सुझाव पठाउन सक्नेछन्। यस्तै, budgetsuggestion@mof.gov.np इमेल ठेगानामा पनि सुझाव पठाउन सकिने जानकारी दिइएको छ।

    प्रत्येक वर्ष बजेट तर्जुमा गर्दा सरोकारवाला पक्षको सहभागिता सुनिश्चित गर्न अर्थ मन्त्रालयले सुझाव संकलनको यो अभ्यासलाई निरन्तरता दिँदै आएको छ। यसबाट नागरिकस्तरमा बजेटप्रति चासो बढ्नुका साथै स्थानीय आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर बजेट बनाउने वातावरण बन्ने मन्त्रालयको अपेक्षा छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend