२०८३, आश्विन १९ गते

images

सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद शेयर निष्कासन

सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद शेयर निष्कासन

सीएनएन खबर
मंगलवार, बैशाख ३० २०८२११:१९
सीएनएन खबर
मंगलवार, बैशाख ३० २०८२११:१९
  • images

    काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले हालको ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ चुक्तापूँजीको आधारमा १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर सार्वजनिक रूपमा जारी गरेको हो।

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गर्दैछ। यसअघि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरी वैशाख ४ गतेसम्म कायम शेयरधनीलाई मात्र यो शेयरमा आवेदन दिन योग्य बनाएको थियो।

    उक्त हकप्रद शेयर जेठ १९ गतेसम्म आवेदनका लागि खुला रहनेछ। शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक शेयरधनीहरूले बिक्री प्रबन्धक, सन नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रिय तथा क्षेत्रीय कार्यालय, साथै सि(आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

    त्यसैगरी, 'मेरो शेयर' अनलाइन प्लेटफर्ममार्फत पनि सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार आफ्नो चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउने उद्देश्यले हकप्रद शेयर जारी गरेको हो। यो निष्कासनपछि कम्पनीको कुल चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend