२०८३, आश्विन १९ गते

images

ऊनको स्विटर’ले पहिलो सातामै ५ करोड ७५ लाख कमाइ, दर्शकको साथ दोस्रो सातामा पनि जारी

ऊनको स्विटर’ले पहिलो सातामै ५ करोड ७५ लाख कमाइ, दर्शकको साथ दोस्रो सातामा पनि जारी

सीएनएन खबर
शुक्रवार, जेठ २ २०८२०४:०१
सीएनएन खबर
शुक्रवार, जेठ २ २०८२०४:०१
  • images

    २ जेठ, काठमाडौं । नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ऊनको स्विटर बक्स अफिसमा सफल यात्रा तय गर्दैछ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले एक सातामा ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्शन गरेको निर्माण कम्पनी आर्टमाण्डु नेपाल प्रा.लि.ले जनाएको छ।

    विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपांगी मगर र सुनिल पोखरेलको सशक्त अभिनय रहेको फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ।

    फिल्म दोस्रो सातामा पनि २ सयभन्दा बढी शोका साथ प्रदर्शन भइरहेको छ। वितरण कम्पनीका अनुसार, पहिलो सातामा ३ सय शो पुग्ने सफलता पछाडि, गीतसंगीतको पनि ठूलो योगदान छ। ‘चाइनेजो जिन्दगानीमा’ लगायतका गीतहरूले दर्शकको मन जितिरहेका छन्।

    फिल्म टिमले दोस्रो सातामा देशव्यापी भ्रमण गर्दै दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम राखेको छ। भ्रमणमा विपिन कार्की, परीक्षा लिम्बु, एलेक्स पारस र गायक सुजन चापागाईं सहभागी हुनेछन्।

    ऊनको स्विटर यस वर्षको पहिलो ठूलो हिट बन्ने दिशातर्फ अघि बढिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend