२०८३, आश्विन १९ गते

images

‘वार २’ मा खलनायक बन्न जुनियर एनटीआरले कति लिएका थिए पारिश्रिक ?

‘वार २’ मा खलनायक बन्न जुनियर एनटीआरले कति लिएका थिए पारिश्रिक ?

सीएनएन खबर
मंगलवार, जेठ ६ २०८२०६:५२
सीएनएन खबर
मंगलवार, जेठ ६ २०८२०६:५२
  • images

    काठमाडौं । साउथ सुपरस्टार जुनियर एनटीआरले बलिउड फिल्म ‘वार २’ बाट बलिउडमा डेब्यू गर्दैछन्। सधैँ हिरोको रोलमा देखिने जुनियर एनटीआर अब खलनायकको रूपमा देखिनेछन्। आज उनको जन्मदिनमा निर्माणटिमले ‘वार २’ को टिजर पनि रिलिज गरेका छन्। डेढ मिनेटको यस टिजरमा एनटीआर र ऋतिक रोशनले आफ्नो शक्तिशाली एक्सन र खलनायकत्वले मानिसहरूको मन जितेका छन्।

    जुनियर एनटीआर तेलुगु फिल्म उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकारहरूमध्ये एक हुन्। यस्तोमा एनटीआरले ‘वार २’ मा खलनायकको भूमिका निर्वाह गर्न कति पारिश्रमिक लिए होलान्रु जुन चासोको विषय हुनसक्छ। उनले बलिउड डेब्यूको लागि ठूलो रकम पनि पाएका छन्। कोइमोईको रिपोर्ट अनुसार, जुनियर एनटीआरले ठूलो बजेटको फिल्म ‘वार २’  लागि ६० करोड भारतीय रुपैयाँ लिएका छन्।

    पहिले अभिनेताले यो फिल्मको लागि ३० करोड रुपैयाँ लिएको खबर आएको थियो। तर, पछिल्लो रिपोर्टमा उनको पारिश्रमिक दोब्बर भएको बताइएको छ। ‘देवरास् भाग १’ भन्दा पहिले जुनियर एनटीआर एसएस राजामौलीको ब्लकबस्टर फिल्म ‘आरआरआर’ मा देखिएका थिए जसको लागि उनले मोटो रकम लिएका थिए। उले ४५ करोड भारु पारिश्रमिक लिएको बताइन्छ। ‘वार २’ लागि उनले आफ्नो पारिश्रमिक १५ करोड रुपैयाँले बढाएका छन्।

    ‘वार २’ बाहेक जुनियर एनटीआर जान्हवी कपूर र सैफ अली खानसँग ‘देवरास् पार्ट २’ मा देखिनेछन्। ‘वार २’ १४ अगस्टमा सिनेमाघरहरूमा रिलिज हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend