२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • प्रकाश दुतराजलाई 'नवप्रतिभा राष्ट्रिय लोकगायन' ...

प्रकाश दुतराजलाई 'नवप्रतिभा राष्ट्रिय लोकगायन' पुरस्कार

प्रकाश दुतराजलाई 'नवप्रतिभा राष्ट्रिय लोकगायन' पुरस्कार

सीएनएन खबर
शुक्रवार, जेठ ९ २०८२१०:३०
सीएनएन खबर
शुक्रवार, जेठ ९ २०८२१०:३०
  • images

    काठमाडौं । गायक प्रकाश दुतराजलाई नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार प्रदान गरिएको छ। नूर–गंगा प्रतिभा पुरस्कार गुठीले उनलाई लोकगीतको संरक्षण र संवद्र्धनमा पुर्‍याएको योगदानको कदर गर्दै २०८० सालको 'नूर–गंगा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार ' प्रदान गरेको हो। 

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नगद २५ हजार रूपैयाँ र प्रमाणपत्रसहित प्रकाश पुरस्कृत भएका हुन्।म्याग्दीका प्रकाश दुतराज संख्यात्मक रूपमा कम तर मौलिक गीत ल्याउने गायक तथा सर्जकका रूपमा चिनिन्छन्। उनका 'घर कता हो बैनीको'  जाम भो माइली 'रिमैु, 'रेशमु आदि गीत चर्चामा छन्। फिल्ममा समेत अभिनय गरिसकेका उनको पछिल्लो गीत 'रामसाइँली' पनि यतिबेला चर्चामै छ।

    'नूर–गंगा प्रतिभा पुरस्कार गुठीु ले प्रकाशसहित पाँच जनालाई पुरस्कृत गरेको हो। जसका २०८० सालको 'नूर–गंगा स्थापित राष्ट्रिय बालसाहित्य पुरस्कार' रामबाबु सुवेदी (कास्की) र रामकुमार पाण्डे (ललितपुर) लाई  प्रदान गरिएको छ।

    'नूर–गंगा स्थापित क्षेत्रीय लोकगायन पुरस्कार' बाट रूपन्देहीका डिल्लीनारायण पाण्डे पुरस्कृत भए भने 'नूर–गंगा क्षेत्रीय साहित्य पुरस्कार'  रूपन्देहीका सागर पौडेललाई प्रदान गरियो। नूर–गंगा प्रतिभा पुरस्कार गुठीको स्थापना विसं २०४९ मा भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend