काठमाडौं । भारतीय फिल्म तथा टीभी अभिनेता मुकुल देवको निधन भएको छ।५४ वर्षीय अभिनेता देव शुक्रबार राति नयाँ दिल्लीमा बितेको बीबीसी हिन्दीले जनाएको छ।
तर मृत्युको कारण अझै स्पष्ट नभएको बताइएको छ। अभिनेता राहुल देवले आफ्ना भाइ मुकुल देवको मृत्युको पुष्टि गरेका छन्।अभिनेता विन्दु दारा सिंहले मुकुल देवसँगको आफ्नो भिडिओ सेयर गर्दै दुःख व्यक्त गरेका छन्।क्याप्सनमा लेखेका छन्, ‘भाइ मुकुल देव। तपाईंसँग बिताएको समयलाई सधैँ सम्झिरहनेछु।।।।’
अभिनेता मनोज बाजपेयीले पनि इन्स्टाग्राममार्फत मुकुल देवको निधनप्रति गहिरो दुस्ख प्रकट गरेका छन्।

