२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • गायक बद्री पंगेनीकी छोरी विहानी पंगेनी...

गायक बद्री पंगेनीकी छोरी विहानी पंगेनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध निर्वाचित

गायक बद्री पंगेनीकी छोरी विहानी पंगेनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध निर्वाचित

सीएनएन खबर
बुधवार, जेठ २८ २०८२०५:०८
सीएनएन खबर
बुधवार, जेठ २८ २०८२०५:०८
  • images

    काठमाडौँ । गायक बद्री पंगेनीकी छोरी विहानी पंगेनी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध भएकी छन्। 

    अनेरास्ववियुको जारी राष्ट्रिय सम्मेलनमा विश्वविद्यालय राष्ट्रिय कमिटी अन्तर्गत महिला कोटाबाट उम्मेदवारी दिएकी थिइन्। १ मात्र पद रहेकोमा त्यसमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन्।

    विहानी अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। कानुनको विद्यार्थी रहेकी उनी उद्घोषणसहित कलाकारितामा समेत सक्रिय छिन्। 


    उनले 'कन्या राशि' म्युजिक भिडिओबाट अभिनयमा डेब्यु गरेकी हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend