२०८३, आश्विन १९ गते

images

धनगढीमा ‘सिनेमा संवाद’ हुँदै

धनगढीमा ‘सिनेमा संवाद’ हुँदै

सीएनएन खबर
बिहिवार, जेठ २९ २०८२१०:३५
सीएनएन खबर
बिहिवार, जेठ २९ २०८२१०:३५
  • images

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सिनेमा संवाद कार्यक्रम हुने भएको छ। देशका अन्य प्रदेशहरूमा हुँदै आएको सिनेमा संवाद कार्यक्रम सुदूरपश्चिम प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको हो। 

    जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेशको सहकार्यमा जेठ ३१ गते कार्यक्रम हुनेछ।बहस, संवाद र सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले सिनेमा संवाद कार्यक्रम गर्न लागिएको आयोजक जेडी एसोसियट्सका प्रबन्ध निर्देशक दिनेश भण्डारीले जानकारी दिए।

    कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती र सिनेमा–समाज सम्बन्धबारे छलफल गरिने उनले बताए। सुदूरपश्चिममा बढ्दो चलचित्रप्रति चासोलाई व्यवस्थित दिशातर्फ लैजान र स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्दै यस प्रदेशमा चलचत्रि मार्फत पर्यटन प्रबद्र्धन गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।

    कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग जोडेर सुदूरपश्चिम र यहाँको पर्यटन तथा सम्भावनाका बिषयमा छलफल हुनेछ। सिनेमा संवादमा सहभागी हुन मुलधारका चर्चित कलाकार र कलाकर्मीहरु धनगढी पुग्नेन्। ‘चलचित्र मनोरञ्जनको साधन मात्र होईन, यो समाजको ऐना हो। स्थानीय स्तरमा नेपाली चलचित्र र कला संस्कृतिको प्रबद्र्धन तथा विस्तारमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरेका छौं,’ प्रबन्ध निर्देशक भण्डारीले भने।

    आजको पुस्ता चलचित्रप्रति आकर्षित भए पनि यसको गहिरो पक्ष, विशेषतः सन्देश, निर्माण प्रक्रिया र सामाजिक प्रभावबारे खुला संवादको सुदुरपश्चिममा अभाव रहेकोले  सिनेमा संवाद कार्यक्रम आयोजनामा लागेको चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमका अध्यक्ष पुष्पराज जोशीले बताए। ‘सिनेमा संवाद’ ले यही अभाव पूर्ति गर्ने प्रयास गर्ने उनको भनाई छ ।

    सिनेमा संवाद कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा निर्माता–निर्देशक विराज भट्ट, अभिनेता दिव्य देव पन्त, पुष्प खड्का, अभिनेत्रीद्वय सुरक्षा पन्त, उपासना सिंह ठकुरी लगायतका कलाकार सहभागी हुनेछन्। सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रमले सिनेमा बुझ्न र समाजसँग जोड्न चाहने सबैका लागि सुनौलो अवसर हुने आयोजकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend