२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • फ्लाई नेपालको ‘अब हाँस्छ अमेरिका २’...

फ्लाई नेपालको ‘अब हाँस्छ अमेरिका २’ कार्यक्रम स्थगित

फ्लाई नेपालको ‘अब हाँस्छ अमेरिका २’ कार्यक्रम स्थगित

सीएनएन खबर
मंगलवार, आषाढ ३ २०८२११:०३
सीएनएन खबर
मंगलवार, आषाढ ३ २०८२११:०३
  • images

    काठमाडौँ । फ्लाई नेपाले ‘कमेडी दरबार’ का टिमलाई लिएर आयोजना गर्न लागेको कार्यक्रम ‘अब हाँस्छ अमेरिका २’ रद्ध गरेको छ। आयोजकले एक विज्ञप्ति निकाल्दै ‘कमेडी दरबार’ निर्देशक तथा होस्ट विक्की अग्रवालसहितलाई लिएर गर्न लागिएको कार्यक्रम स्थगित गरेको जनाएको हो।  

    केही समयअघि ‘अब हाँस्छ अमेरिका २’मा कलाकारहरू विकास अर्याल, सुन्दर खनाल, पवन खतिवडा, मिस पवी, सुजिता श्रेष्ठ र विक्की अग्रवाल सहभागी हुने जानकारी गराइएको थियो। तर, उस्तै प्रकृतिको अर्को कार्यक्रमका लागि कलाकारको टिमले संझौता गरेको भन्दै फ्लाइ नेपालले सम्झौता रद्द गरेको दाबी गरेको छ। 

    ‘कमेडी दरबार’को टिमले व्यवसायीक धर्म प्रतिकूल आचरण गरेको फ्लाई नेपालेको आरोप छ।  ‘फ्लाई नेपासँग कार्यक्रमका लागि सम्झौता गरिसकेको अवस्थामा उस्तै प्रकृतिको कार्यक्रमका लागि सम्झौता गर्नुलाई हामीले कलाकारको व्यावसायिक धर्म प्रतिकूल आचरणको रुपमा बुझेको छौँ,’विज्ञप्तिमा भनिएको छ।  

    यस विषयमा ‘कमेडी दरबार’को टिमले अहिलेसम्म केही पनि बताएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend