२०८३, आश्विन १९ गते

images

फिल्म 'अञ्जिला' ले मनायो १०० औं दिन, १२ करोडमाथिको व्यापार गर्दै अझै ६ हलमा प्रदर्शन

फिल्म 'अञ्जिला' ले मनायो १०० औं दिन, १२ करोडमाथिको व्यापार गर्दै अझै ६ हलमा प्रदर्शन

सीएनएन खबर
शुक्रवार, आषाढ ६ २०८२१२:१९
सीएनएन खबर
शुक्रवार, आषाढ ६ २०८२१२:१९
  • images

    काठमाडौं । नेपाली चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको सय दिन सफलतापूर्वक पार गरेको छ। गत वर्ष फागुन २९ गते प्रदर्शनमा आएको फिल्म शुक्रबारसम्म आइपुग्दा पनि देशभरका ६ वटा हलमा प्रदर्शन भइरहेको छ।

    हाल फिल्म काठमाडौंको सामाखुसीस्थित क्युएफएक्स सिटी स्क्वायर मल, कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा, र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा हेर्न सकिन्छ।

    फिल्मको १०० औं दिनको अवसरमा निर्देशक मिलन चाम्सले दर्शकहरूलाई धन्यवाद दिँदै निरन्तर समर्थनको अपेक्षा राखेका छन्। उनले भने, “दर्शकको मायाले हामी यो यात्रामा यहाँसम्म आइपुगेका छौं, अझै धेरै टाढा जानुपर्ने छ।”

    फिल्मले हालसम्म १२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको निर्माता प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन्। यससँगै 'अञ्जिला' वर्ष २०८१ को शीर्ष ५ व्यापारिक फिल्ममा सूचीकृत भइसकेको छ।

    ‘अञ्जिला’ राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनमा आधारित छ। विशेष कुरा त के भने, फिल्ममा एन्जिला आफैँले आफ्नो भूमिकामा अभिनय गरेकी छन्। फिल्ममा उनलेसँगै दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरूङ, प्रेमकुमार श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

    दर्शकलाई थप प्रोत्साहित गर्नका लागि केही हलहरूले चलचित्र रु. १०० मा देखाइरहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend