२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • अमेरिकामा रहेकी लोकदोहोरी गायिका बिमा कुमारी...

अमेरिकामा रहेकी लोकदोहोरी गायिका बिमा कुमारी दुरामाथि आक्रमण प्रयास

अमेरिकामा रहेकी लोकदोहोरी गायिका बिमा कुमारी दुरामाथि आक्रमण प्रयास

शुक्रवार, आषाढ १३ २०८२०४:११
शुक्रवार, आषाढ १३ २०८२०४:११
  • images

    काठमाडौं । हाल अमेरिकामा बसोबास गरिरहेकी चर्चित लोकदोहोरी गायिका बिमा कुमारी दुराले आफूमाथि आक्रमणको प्रयास भएको खुलासा गरेकी छन्। उनले सामाजिक सञ्जाल टिकटकमार्फत सार्वजनिक गरेको भिडियोमा आफूलाई तामाको थर्मसले प्रहार गरेर मार्न खोजिएको आरोप लगाएकी हुन्।

    दुराले भिडिओमा भनेकी छन्, "यदि यो थर्मसको प्रहार मलाई लागेको भए म अहिले जीवित रहने थिइनँ। लास पनि भेटिने थिएन।" उनले कसले आक्रमण प्रयास गर्‍यो भन्ने खुलाएकी छैनन्, तर आफूलाई टर्चर दिन थालिएको उल्लेख गर्दै "अब म निस्किनुपर्छ भनेर ढोका खोलेर भागेँ" भन्दै घटना विवरण प्रस्तुत गरेकी छन्।

    भिडियोमा उनले आक्रमण प्रयास गर्ने व्यक्तिको नाम खुलाएकी छैनन्। तर आफूलाई अमेरिका आउन सहयोग गर्ने व्यक्तिबाट नै पछिल्लो समय मानसिक यातना पाएको संकेत गरेकी छन्। उनका समर्थक, दर्शक र शुभचिन्तकहरूले भिडियो हेरेर चिन्ता व्यक्त गर्दै दुराको सुरक्षाको माग गरेका छन्।

    तीन वर्षअघि अमेरिका गएकी बिमा कुमारी दुरा नेपाली लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हुन्। उनले तत्कालीन राजदरबारमा समेत गीत गाउने अवसर पाएकी थिइन्। उनका थुप्रै लोकगीतहरू अत्यधिक चर्चित छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend