२०८३, आश्विन १९ गते

images
  • ब्लग
  • ओभरपासले जाम हटायो कि सार्यो ?...

ओभरपासले जाम हटायो कि सार्यो ? ग्वार्कोको पाठ र काठमाडौंको बाटो

ओभरपासले जाम हटायो कि सार्यो ? ग्वार्कोको पाठ र काठमाडौंको बाटो

आइतवार, आषाढ १५ २०८२११:४९
आइतवार, आषाढ १५ २०८२११:४९
  • images

    १. ग्वार्को प्रयोगकर्तालाई ओभरपास संचालन पछि जाममा बस्नु परेको छैन । खुशी हुनु स्वभाविक हो । 
    २. सातदोवाटो, कोटेश्वर प्रयोगकर्ताले ग्वार्को ओभरपास पछि थप जाम हुन थालेको अनुभव गरेका छन । 
    ३. एकान्तकुना वा वल्खु चोक प्रयोगकर्ताले पनि ग्वार्को ओमरपास पछि सवारी चाप बढेको अनुभव भन्न थालेका छन । 
    कारण:
    ४. चक्रपथ २७ कि मि को छ, ग्वार्को को सवारी व्यवस्थापन क्षमता ओभरपासले वृद्धि गर्यो तर चक्रपथको क्षमता वृद्धि भएन 
    ५ . ग्वार्को मा सवारी रोकिदैनन तर ति सवारीहरु पूर्व तिर वालकुमारी र कोटेश्वर चोकमा वा पश्चिमतिर सातदोवाटो मा थुप्रिने भए । 
    ६. वालकुमारी , कोटेश्वर वा सातदोवाटोको चोकको क्षमता वृद्धि भएको नहुदा स्वभाविक ग्वार्कोको जाम त्यता सर्ने भयो । 

    अब के गर्ने ? 

    ७. सातदोबाटो र एकान्तकुना चोकमा ओभरपास निर्माण गर्ने योजना तत्काल बढाउन उचित हुन्न । 
    ८. केही समय ग्वार्को ओभरपास को अनुभव अध्यायन गरौ। यसबाट आगामी योजाना गरौ । 
    ९. थप ओभरपास बनाउन हजार नगरौ । 
    १०. पुर्वाधार थप गरी जाम व्यवस्थापन हुन्छ भन्ने सोच गलत हो । 
    ११. जाम व्यवस्थापन गर्ने उपाय सडकमा सवारी संख्या कम गर्ने रणनिति बाट हुन्छ । 
    १२. सवारी संख्या कम गर्न सार्वजनिक यातायात सुधार गर्नु पर्छ ता कि मानिसहरु निजी सवारी प्रति कम आकर्षित र सार्वजनिक यातायात प्रति ज्यादा आकर्षित हुन । 
    १३. फ्लाई ओभर वा ओमार पास वा चौडा सडक बनाउदा उल्पकालिन रूपमा जाम कम हुने हो । 
    १४ . दिर्घकालिन समस्याको सामाधान सार्वजनिक यातायात मा राज्यको लगानी हो। यसमा हुईमतनै छैन । 

    निष्कर्ष:

    १५. ग्वार्की ओभर पास बन्यो , खुशी बनौ, पुर्ण प्रयोग गरौ । 
    १६ . सातदोबाटो र एकान्तकुना चोकमा ओभरपास बनाउन हतार नगरौ । 
    १७. ओभरपास वा फ्लाईओभर बनाउने लगानी हाललाई सार्वजनिक यातायात व्यवस्थापनमा गरौ ।   
    १८. सार्वजनिक यातायातबाट यातायात प्रणाली सुधार हुन्छ । 
    यातायात विज्ञ आशिष गजुरेल

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend