काठमाडौं । आइतबार देशभर रोपाइँ गर्दै धान दिवस मनाइएको छ । कलाकारले समेत दहीच्यूरा खाँदै, धान रोप्दै असारे १५ मनाए ।अभिनेता राजेश हमालले पनि हिलाम्य भएर धान रोपाइँ गरे । हिलाम्य देखिएका हमालले हिलो फाँटमा धान रोपाइँ गरेको देख्न सकिन्छ ।
अहिले निर्माण भैरहेको कृषी सम्बन्धी टिभी रियालिटी शो ‘र’को टोलीसँग हमालले धान रोपेका हुन् । यो शोको अहिले छायांकन धमाधम भैरहेको छ । हमालले सिरियलको नाम अंकित ‘र’ क्याप लगाएका छन् ।
काठमाडौं नजिकको एक गाउँमा यसरी धान रोपाइँ गरिएको हो । उक्त अवसरमा नेवार समुदायले ढोलक बजाउँदै गरेको देख्न सकिन्छ । हमालले उक्त रियालिटी शोलाई होस्ट गरिरहेका छन् । यो शो चाँडै प्रसारण हुने जनाइएको छ ।

