२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • राष्ट्रिय चलचित्र पुरस्कार २०८२ : विजय...

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ : विजय बराल र उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ : विजय बराल र उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित

सीएनएन खबर
सोमवार, आषाढ ३० २०८२०५:०६
सीएनएन खबर
सोमवार, आषाढ ३० २०८२०५:०६
  • images

    काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा अभिनेता विजय बराल र अभिनेत्री उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता र अभिनेत्रीको रूपमा घोषित भएका छन्।

    पूर्णबहादुरको ‘सारंगी’ फिल्मबाट अभिनय गरेका बरालले यो वर्षको उत्कृष्ट अभिनेताको पुरस्कार जितेका हुन्। सारंगी फिल्मले कीर्तिमानी व्यापार गर्दै दर्शकको मन जित्न सफल भएको थियो। यस फिल्ममा विजय बरालसँगै प्रकाश सपुत, अन्जना बराइली, बुद्धि तामाङ र मुकुन भुसालको समेत सशक्त अभिनय रहेको थियो भने, निर्देशन सरोज पौडेलले गरेका थिए।

    त्यस्तै, उपासना सिंह ठकुरीले अशोक थापा मगरद्वारा निर्देशित ‘खुस्मा’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको उपाधि प्राप्त गरिन्।

    सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विजयी कलाकारहरुलाई पुरस्कार प्रदान गरेका थिए। चलचित्र विकास बोर्डले प्रत्येक वर्ष नेपाली फिल्म उद्योगको उत्कृष्टतालाई सम्मान गर्ने उद्देश्यले राष्ट्रिय चलचित्र पुरस्कार वितरण गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend