२०८३, आश्विन १९ गते

images

बीमा प्राधिकरणका अध्यक्ष पोखरेलले लिए सपथ

बीमा प्राधिकरणका अध्यक्ष पोखरेलले लिए सपथ

मंगलवार, आषाढ ३१ २०८२०३:२२
मंगलवार, आषाढ ३१ २०८२०३:२२
  • images

    काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिएका हुन् । 

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो । 

    नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वतस् निलम्बन भएका छन् ।

    यसैबीच छानबिन समितका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले आज पत्र बुझेका छन् ।

    बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा परेसँगै अध्यक्षको जिम्मा सहसचिव पोखरेललाई बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा परेसँगै अध्यक्षको जिम्मा सहसचिव पोखरेललाई

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend