२०८३, आश्विन १९ गते

images

मेमेपोखरी – प्रकृति, आस्था र सम्भावना

मेमेपोखरी – प्रकृति, आस्था र सम्भावना

बुधवार, आषाढ ३२ २०८२१२:३४
बुधवार, आषाढ ३२ २०८२१२:३४
  • images

    काठमाडौँ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–७ मा अवस्थित मेमेपोखरी एक पवित्र धार्मिक स्थल र पर्यटकीय गन्तव्य हो। करिब ४,४०० मिटरको उचाइमा रहेको यो पोखरी हिमालचुली र बुद्ध हिमालको काखमा पर्दछ । यसले धार्मिक, प्राकृतिक र सांस्कृतिक रूपमा विशेष महत्व बोकेको छ।

    स्थानीय समुदायको विश्वास अनुसार मेमेपोखरी पूर्वजहरूको पूजा गर्ने पवित्र स्थान हो । ‘मेमे’ भन्ने शब्दको अर्थ बुढाबाजे वा पूर्वज हो भने ‘पोखरी’ ताललाई जनाउँछ। प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँ धार्मिक मेला लाग्ने गर्दछ । भक्तजनहरू पोखरीमा स्नान गरेर पूजा–आराधना गर्छन् र पूर्वजहरूको आत्माको शान्तिका लागि प्रार्थना गर्छन् ।

    प्राकृतिक हिसाबले हेर्दा, मेमेपोखरी अत्यन्त सुन्दर, शान्त र जैविक विविधताले भरिएको ठाउँ हो । यहाँबाट हिमश्रृङ्खलाको मनोरम दृश्य, वनस्पति, र दुर्लभ जनावरहरूको पनि अवलोकन गर्न सकिन्छ । हाल दोर्दी गाउपालिका, मर्स्याङ्दी गाउपालिका, दुधपोखरी गाउपालिका, अजिरकोट गाउपालिका, बारपाक सुलिकोट गाउपालिका, नेपाल पर्यटन बोर्डको पहलमा ुग्रेट लेक सर्किट ट्रेलु निर्माण भइसकेको जसमा दूधपोखरी, बराहपोखरी र मेमेपोखरी जस्ता तालहरू समावेश गरिएको छ ।

    meme pokhari.jpg

    यात्राको क्रममा पर्यटनहरुलाई बास बस्न सहज होस भन्ने हेतुले दोर्दी गाउपालिकाले कोम्रो, म्लोमचे र मेमेपोखरीमा धर्मशालाको निर्माण गरेको छ र पदमार्गहरु पनि निर्माण गरिरहेको छ ।

    मेमेपोखरी जानको लागि सबैभन्दा उपयुक्त समय भदौदेखि कात्तिक महिनासम्म मानिन्छ, किनभने यो समयमा मौसम सफा, आकाश खुला र यात्रा सहज हुन्छ। साउन–भदौमा भने वर्षा र पहिरोको जोखिम रहने भएकाले यात्रा गर्न कठिन हुन सक्छ।

    मेमेपोखरी लमजुङको एउटा गहना हो । जहाँ प्रकृति, संस्कृति र आस्था एकसाथ मिसिएका छन् । यसको संरक्षण र प्रवर्द्धनमार्फत स्थानिय जीवनस्तर उकास्नुका साथै नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिन सकिन्छ ।

    meme pokhari2.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend