२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • फिल्म ‘जनक्रान्ति’ ‍बन्ने, प्रचण्डले गरे पोस्टर...

फिल्म ‘जनक्रान्ति’ ‍बन्ने, प्रचण्डले गरे पोस्टर सार्वजनिक

फिल्म ‘जनक्रान्ति’ ‍बन्ने, प्रचण्डले गरे पोस्टर सार्वजनिक

सीएनएन खबर
आइतवार, श्रावण ११ २०८२११:०७
सीएनएन खबर
आइतवार, श्रावण ११ २०८२११:०७
  • images

    काठमाडौँ । गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनको कथामा आधारित भएर फिल्म ‘जनक्रान्ति’ बन्ने भएको छ। शनिबार गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उक्त चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरेका छन्। 

    पोस्टर सार्वजनिकपछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक, राजनैतिक, आर्थिक अवस्थाबारे जानकारी दिन र लिन सहयोगी हुने विश्वास व्यक्त गरे। हिजोको समाजको अवस्थाबारे युवा पुस्तालाई जानकारी दिन आवश्यक रहेको उनको भनाई थियो।

    रुद्राक्ष फिल्स प्रा।लि।को ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन्। आगामी भदौ दोस्रो साता देखि चलचित्रको छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ।

    यो फिल्मबाट नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ। फिल्मको सुटिङ पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला,कालिकोट, बाँके, बर्दिया र पूर्वी नेपालको धनकुटा, खोटाङ, भोजपुर तथा तराई मधेसको सर्लाही जिल्लामा गरिने छ। 

    यस फिल्मलाई आगामी फागुन १ प्रदर्शन गरिने निर्माता रुद्र प्रसाद खनालले जानकारी दिए। चलचित्रमा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरुको पृष्ठभुमिको कथा समेटिने निर्देशक तिमिल्सिनाले बताए।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend