२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • ‘माइतीघर’लाई दशैंको पारिवारिक चलचित्र बनाउने तयारी,...

‘माइतीघर’लाई दशैंको पारिवारिक चलचित्र बनाउने तयारी, ५ कलाकारको सेटको तस्वीर बाहिरियो

‘माइतीघर’लाई दशैंको पारिवारिक चलचित्र बनाउने तयारी, ५ कलाकारको सेटको तस्वीर बाहिरियो

सीएनएन खबर
बिहिवार, श्रावण २२ २०८२०८:४३
सीएनएन खबर
बिहिवार, श्रावण २२ २०८२०८:४३
  • images

    दशैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘माइतीघर’को निर्माण पक्षले यसलाई पारिवारिक मनोरञ्जनको पूर्ण प्याकेजको रूपमा प्रस्तुत गर्ने भएको छ। यही क्रममा, निर्माता रोहित अधिकारीले फिल्मका पाँच मुख्य कलाकारहरू समावेश भएको छायांकन समयको एक तस्वीर सार्वजनिक गर्दै प्रचारप्रसारलाई अगाडि बढाएका छन्।

    बाहिरिएको तस्वीरमा अभिनेता धिरज मगर, प्रकाश सपुत, केदार प्रसाद घिमिरे, अभिनेत्री उपासना सिंह ठकुरी र नव–कलाकार श्यामाश्री शेर्पालाई देख्न सकिन्छ। निर्माण टिमका अनुसार, चलचित्रको कथा यिनै पाँच पात्रको वरिपरि घुम्नेछ।

    निर्माता अधिकारीले दशैंको समयमा दर्शकहरूले पारिवारिक कथावस्तु रुचाउने भएकाले ‘माइतीघर’ उपयुक्त विकल्प बन्ने विश्वास व्यक्त गरे। उनले भने, ‘दर्शकले अपेक्षा गरेअनुसारकै पारिवारिक चलचित्र दशैंमा लिएर आउँदैछौं।’

    चलचित्र ‘खुश्मा’ पछि धिरज र उपासनाको जोडीलाई दर्शकले निकै रुचाएका छन्। यो जोडीको क्रेजसँगै केदार प्रसाद घिमिरे र प्रकाश सपुत जस्ता बलिया कलाकारको उपस्थितिले ‘माइतीघर’लाई थप शक्तिशाली बनाएको निर्माता पक्षको दाबी छ। मिलन तामाङ निर्देशित यो चलचित्र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend