२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • मेयर का मुख्य पात्र नै भ्रष्टाचारमा...

मेयर का मुख्य पात्र नै भ्रष्टाचारमा दोषी, अब फिल्मको भविष्य के ?

मेयर का मुख्य पात्र नै भ्रष्टाचारमा दोषी, अब फिल्मको भविष्य के ?

सीएनएन खबर
शुक्रवार, श्रावण २३ २०८२०९:३२
सीएनएन खबर
शुक्रवार, श्रावण २३ २०८२०९:३२
  • images

    काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि उनको जीवनमा आधारित बायोपिक फिल्म ‘मेयर’ को भविष्य अनिश्चित बनेको छ। निर्देशक दीपेन्द्र के खनाल र अभिनेता खगेन्द्र लामिछाने जस्ता प्रतिष्ठित कलाकार जोडिएको यो फिल्म हाल पोष्ट-प्रोडक्सन चरणमा अलपत्र परेको छ।

    विशेष अदालतले गत बुधबार, साउन २२ गते, ‘भरत ताल’ निर्माणको क्रममा अस्वाभाविक सम्पत्ति आर्जन गरेको अभियोगमा मेयर थापालाई दोषी ठहर गरेको हो। अदालतले उनलाई १ वर्ष कैद र ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना सुनाएको छ। सजाय निर्धारणका लागि अदालतले यही साउन २९ गतेको मिति तोकेको छ।

    मुख्य पात्र नै भ्रष्टाचार जस्तो गम्भीर मुद्दामा दोषी ठहरिएपछि प्रदर्शनको तयारीमा रहेको फिल्मको रिलिज प्रक्रियामा गम्भीर धक्का लागेको हो। फिल्म निर्माणको घोषणा हुँदा निर्देशक खनाल र मेयरको भूमिकामा देखिएका अभिनेता लामिछानेले थापाको विकास निर्माणको कामबाट प्रभावित भएर फिल्म बनाउन लागेको भन्दै उनको खुलेर प्रशंसा गरेका थिए।

    तर, अहिलेको परिस्थितिले उनीहरूको छनोट र अनुसन्धानमाथि प्रश्न उठाएको छ। कुनै समय विवादमा फस्ने डरले निर्माण टिमले फिल्मलाई पूर्ण रूपमा ‘बायोपिक’ भन्न हिच्किचाएको थियो, जुन अहिले आएर अर्थपूर्ण देखिएको छ।

    यो घटनाले जीवित र सार्वजनिक पदमा रहेका विवादित व्यक्तिको जीवनीमा आधारित फिल्म बनाउँदा आइपर्ने जोखिमलाई उजागर गरेको छ। पात्रको गहिराइमा पुगेर अध्ययन नगरी बनाइने यस्ता सिर्जनाले अन्ततः दर्शक र स्वयम् सर्जकलाई समेत नैतिक संकटमा पार्न सक्ने देखिन्छ। यस प्रकरणले अब निर्देशक खनाल र अभिनेता लामिछानेले दर्शकमाझ कस्तो प्रतिक्रिया दिनेछन् भन्ने कुरालाई प्रतीक्षाको विषय बनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend