आगामी दशैंको फूलपाति, अर्थात् असोज १३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘हरिबहादुरको जुत्ता’ ले आफ्नो प्रचारलाई तीव्रता दिँदै नयाँ पोस्टर सार्वजनिक गरेको छ।
सार्वजनिक आकर्षक पोस्टरमा फिल्मका मुख्य तीन कलाकारहरू हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्कालाई केन्द्रमा राखिएको छ। विजय बस्याल र शान थापाले तयार पारेको पोस्टरले फिल्मप्रति कौतूहलता जगाएको छ।
राजनीतिक विषयवस्तुमा आधारित यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्। फिल्ममा प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, कमलमणि नेपाल जस्ता कलाकारहरूको पनि महत्त्वपूर्ण भूमिका छ।
एमएस मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितबंश आचार्यद्वारा निर्मित यो फिल्ममा कृष्णबहादुर थापाको छायाङ्कन, नकुल खड्काको सम्पादन तथा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ।

