२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • ‘मोहर’लाई दर्शकको बलियो साथ, पहिलो दिन...

‘मोहर’लाई दर्शकको बलियो साथ, पहिलो दिन नै प्रशंसा बटुल्दै पल, बेनिशा र नीति

‘मोहर’लाई दर्शकको बलियो साथ, पहिलो दिन नै प्रशंसा बटुल्दै पल, बेनिशा र नीति

सीएनएन खबर
शुक्रवार, श्रावण २३ २०८२०३:५६
सीएनएन खबर
शुक्रवार, श्रावण २३ २०८२०३:५६
  • images

    आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मोहर’ले पहिलो दिन नै दर्शकहरूबाट उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल भएको छ। बिहानी शोमा औषत व्यापार गरे पनि फिल्म हेर्ने दर्शकको बलियो ‘वर्ड अफ माउथ’का कारण दिउँसोका शोहरूमा भीड बढ्ने सङ्केत देखिएको छ।

    देउकी प्रथा जस्तो संवेदनशील सामाजिक मुद्दालाई मुख्य कथा बनाएको फिल्मले पल शाह, बेनिशा हमाल र नीति शाहको त्रिकोणात्मक प्रेमको भावनात्मक उतारचढावमार्फत दर्शकलाई बाँध्न सफल भएको प्रतिक्रिया आएको छ।

    आज बिहान आयोजित एक विशेष शोमा पत्रकार तथा दर्शकको प्रशंसाले हल गुञ्जिँदा कलाकारहरू पल शाह, बेनिशा हमाल र नीति शाह भावुक बने। नायक पल शाहले दर्शकको प्रतिक्रियाले आफ्नो मिहिनेत सफल भएको महसुस गरेको बताउँदै बोल्न नसक्ने अवस्थामा पुगेको बताए।

    यस्तै, अघिल्ला फिल्ममा अभिनयको आलोचना खेपेकी नायिका नीति शाहले यसपटक आफ्नो कामको प्रशंसा पाएपछि आफूलाई यही क्षेत्रमा स्थापित गर्न थप मिहिनेत गर्ने प्रेरणा मिलेको सुनाइन्। नायिका बेनिशा हमालले पनि आफ्नो कामलाई दर्शकले मन पराएको देख्दा खुसीले भावुक भएको बताइन्।

    ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको यो फिल्मलाई चुम्बन जंग शाहीले निर्माण गरेका हुन्। दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहित वितरक करण श्रेष्ठ र निर्माता शाहीले शनिबारबाट फिल्मको व्यापारले ठूलो फड्को मार्ने विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend