२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • दयाहाङ राईको मुख्य भूमिकामा फिल्म ‘बुकी...

दयाहाङ राईको मुख्य भूमिकामा फिल्म ‘बुकी फूल’ बन्ने, नयाँ अभिनेत्रीसँग देखिने

दयाहाङ राईको मुख्य भूमिकामा फिल्म ‘बुकी फूल’ बन्ने, नयाँ अभिनेत्रीसँग देखिने

सीएनएन खबर
शनिवार, श्रावण २४ २०८२०९:३०
सीएनएन खबर
शनिवार, श्रावण २४ २०८२०९:३०
  • images

    काठमाडौं: नेपाली फिल्म उद्योगमा अर्को नयाँ फिल्मको घोषणा भएको छ। लोकप्रिय अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा लिएर ‘बुकी फूल’ नामक फिल्म निर्माण हुने भएको हो। शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्माण पक्षले फिल्मबारे जानकारी दिएको छ।

    यो फिल्म एक पृथक प्रेमकथामा आधारित हुनेछ। फिल्मलाई अभियान फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिनेछ। यसको कथावस्तु वेदबहादुर गुरुङले लेखेका हुन् भने निर्देशनको जिम्मेवारी ओमप्रकाश गुरुङले सम्हाल्नेछन्।

    फिल्ममा दयाहाङ राईसँग अभिनेत्री संस्कृति गुरुङले जोडी बाँध्नेछिन्। ‘बुकी फूल’ उनको डेब्यु फिल्म हुनेछ। दयाहाङ र संस्कृतिका अलावा फिल्ममा राजेश गुरुङ, प्रेम पुन, लालशोभा गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङ जस्ता कलाकारहरू पनि देखिनेछन्।

    मौलिक संस्कृतिमा आधारित कथा

    फिल्मको कथा कास्कीको रमणीय गाउँ सिक्लेस र कोरी क्षेत्रको संस्कृतिमा आधारित छ। पटकथा लेखक वेद गुरुङका अनुसार, माघे संक्रान्तिको दिन सिक्लेस गाउँमा मनाइने ‘मौदु क्यू फुइ’ जात्रा र भाद्र पूर्णिमामा दूधपोखरीमा नुहाउन जाने ऐतिहासिक परम्परालाई कथाको मूल आधार बनाइएको छ।

    निर्माण टोलीका अनुसार, फिल्मको छायांकन आगामी भदौ महिनादेखि माघसम्म चल्नेछ। यो फिल्म २०८३ सालको वैशाखमा दर्शकमाझ आउने तयारी रहेको छ। लेखक वेद गुरुङ, जो गण्डकी प्रदेश सभाका सदस्य पनि हुन्, करिब १० वर्षपछि फिल्म निर्माणमा फर्किएका हुन्। उनले यो फिल्मले सिक्लेसको इतिहास र संस्कृतिलाई उजागर गर्नुका साथै त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend