२०८३, आश्विन १९ गते

images

दर्शकमाझ 'सिटामोल'को चर्चा

दर्शकमाझ 'सिटामोल'को चर्चा

सीएनएन खबर
आइतवार, श्रावण २५ २०८२११:२९
सीएनएन खबर
आइतवार, श्रावण २५ २०८२११:२९
  • images

    शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'सिटामोल'ले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। विशेषगरी, फिल्मको कथावस्तु र भावनात्मक पक्षले धेरैको मन छोएको छ।

    फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल र बेनिशा हमालले काठमाडौंका हलहरूमा दर्शकहरूसँग भेट गरेका थिए। अधिकांश दर्शकहरूले फिल्मले तत्कालीन सशस्त्र द्वन्द्व र कर्णाली प्रदेशका जनताको यथार्थलाई मार्मिक रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार फिल्म हेर्दा धेरै भावुक भए र कतिपयले त रोएको समेत बताए।

    फिल्म हेरेपछि एमाले निकट विद्यार्थी संगठनका पदाधिकारीहरूले पनि प्रशंसा गरेका छन्। उनीहरूले ६२/६३ को युद्धका घाइते योद्धा र कर्णालीका जनताले सिटामोलजस्ता सामान्य औषधि पनि नपाएको अवस्थालाई फिल्मले सूक्ष्म ढंगले देखाएको बताए। उनीहरूले यो फिल्म सबै नेपालीले हेर्नुपर्नेमा जोड दिए।

    फिल्मको सफलताबाट उत्साहित भएका अभिनेता सौगात मल्लले दर्शकको मायाले आफ्नो मेहनत सफल भएको बताए। अभिनेत्री बेनिशा हमालले पनि दर्शकको प्रतिक्रियाले आफू भावुक भएको र खुसी लागेको बताइन्।

    राजबहादुर सानेको निर्देशनमा बनेको यो फिल्ममा सौगात मल्ल र बेनिशा हमालसँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend