२०८३, आश्विन १९ गते

images

‘मोहर’ले बक्स अफिसमा आक्रामक व्यापार गर्दै

‘मोहर’ले बक्स अफिसमा आक्रामक व्यापार गर्दै

सीएनएन खबर
आइतवार, श्रावण २५ २०८२०२:३३
सीएनएन खबर
आइतवार, श्रावण २५ २०८२०२:३३
  • images

    शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मोहर’ ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ। शुक्रबार सामान्य सुरुवात गरे पनि, शनिबारदेखि भने यसको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ।

    काठमाडौं मात्र नभएर मोफसलका हलहरूमा पनि फिल्म हेर्ने दर्शकको भीड बढेको छ। नेपालगञ्जका सिनेमा हलहरूले हिन्दी फिल्मको शो घटाएर ‘मोहर’को शो थपेका छन्। पोखरा, बुटवल र चितवनमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ।

    फिल्मको सफलताबाट उत्साहित हुँदै निर्देशक ओम प्रतीक, अभिनेता पल शाह, र अभिनेत्रीहरू बेनिशा हमाल र नीति शाह दर्शकहरूसँगको प्रत्यक्ष भेटघाटका लागि विभिन्न हलहरूमा पुगेका छन्।

    काठमाडौंको अष्टनारायण हलमा दर्शकहरूको उत्साहजनक सहभागिता देखियो, जहाँ पल शाहले दर्शकहरूलाई धन्यवाद दिएका थिए। अभिनेत्रीहरू बेनिशा र नीतिले दर्शकहरूको साथ र सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताएका छन्।

    फिल्मको वर्ड अफ माउथ (प्रशंसा) निकै बलियो भएकाले आगामी दिनमा पनि दर्शकको साथ पाइरहनेमा निर्माण पक्ष विश्वस्त छ। वितरक करण श्रेष्ठका अनुसार, यस फिल्मले नेपाली सिनेमामा केही समयदेखि देखिएको व्यावसायिक खडेरीलाई चिरेको छ।

    आज आइतबार पनि फिल्मले सुखद व्यापार गरिरहेको छ भने अभिनेता पल शाह पूर्वी नेपालका हलहरूमा दर्शक भेट्न पुगेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend