हालै रिलिज भएको नेपाली फिल्म ‘सिटामोल’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ। यसबाट फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल निकै उत्साहित छन्।
फिल्म हेर्न आएका दर्शकहरूले यसको कथावस्तुले मन छोएको र भावुक बनाएको बताएका छन्। यसै सन्दर्भमा नायक सौगात मल्लले दर्शकको सकारात्मक प्रतिक्रियाले आफूहरूको मिहिनेत सार्थक भएको बताएका छन्। नायिका बेनिशा हमालले पनि दर्शकहरूको माया र राम्रो प्रतिक्रियाले आफूलाई खुसी लागेको बताएकी छिन्।
यो फिल्ममा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। प्रदीप भारद्धाजको कथामा आधारित यस फिल्मलाई भुगोल कुमार कार्की र विकास राज जोशीले निर्माण गरेका हुन्।

