२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • बहुप्रतिक्षित फिल्म ‘जारी २’ को टिजर...

बहुप्रतिक्षित फिल्म ‘जारी २’ को टिजर सार्वजनिक, असोज ३ बाट रिलिज हुँदै

बहुप्रतिक्षित फिल्म ‘जारी २’ को टिजर सार्वजनिक, असोज ३ बाट रिलिज हुँदै

सीएनएन खबर
सोमवार, श्रावण २६ २०८२१२:३६
सीएनएन खबर
सोमवार, श्रावण २६ २०८२१२:३६
  • images

    बहुप्रतिक्षित नेपाली चलचित्र ‘जारी २’ को टिजर सार्वजनिक भएको छ। असोज ३ गते प्रदर्शनमा आउने यो फिल्मको टिजरमा विशेषगरी लिम्बु समुदायको संस्कृति र पहिचानलाई केन्द्रमा राखिएको छ, जहाँ च्याब्रुङ बाजाको भूमिका महत्वपूर्ण देखाइएको छ।

    साढे दुई मिनेट लामो टिजरमा नायक दयाहाङ राई र नायिका मिरुना मगरको प्रेम तथा घर झगडाको कथा प्रस्तुत गरिएको छ। यसका साथै नायिका ऋचा शर्माको पनि विशेष भूमिका देख्न सकिन्छ।

    उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्मको निर्माण बाँसुरी फिल्म्स र कबड्डी फिल्मस्ले गरेका हुन्। ‘जारी’ को पहिलो भागले बक्स अफिसमा १७ करोडभन्दा बढीको व्यापार गरेपछि ‘जारी २’ लाई पनि सिंगो फिल्म क्षेत्रले उत्सुकतापूर्वक हेरिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend