२०८३, आश्विन १९ गते

images

चाँदनी शाक्यको नयाँ तिज गीतले पायो दर्शकको प्रशंसा(भिडियोसहित)

चाँदनी शाक्यको नयाँ तिज गीतले पायो दर्शकको प्रशंसा(भिडियोसहित)

शनिवार, श्रावण ३१ २०८२०८:२८
शनिवार, श्रावण ३१ २०८२०८:२८
  • images

    काठमाडौं । गायिका चाँदनी शाक्यको आवाजमा रहेको नयाँ तिज गीत ‘तिज आयो’सार्वजनिक भएको छ । गीतमा सी.डब्ल्यू प्रोजेक्ट र चाँदनी शाक्यको प्रस्तुति रहेको छ । नेपाली संगीत क्षेत्रमा पृथक पहिचान बनाएकी गायिका शाक्यकै स्वर रहेको छ ।

    गीतको म्युजिक भिडियो काठमाडौंमा छायांकन गरिएको हो । भिडियोमा नेपाली मनोरञ्जन उद्योगका प्रमुख मोडल अञ्जली अधिकारी र चर्चित टिकटक स्टार उषा उप्रेतीको दमदार अभिनय देख्न सकिन्छ । 

    गायिका शाक्यले पनि मोडलहरूसँगै नाचेर गीतलाई अझ रमाइलो बनाएकी छिन् । उनका नृत्य शैली र स्वरको मिठासले गीतलाई जीवन्तता प्रदान गरेको छ । गीतमा तीजको उत्सव र उमङ्गलाई उत्कृष्ट रूपमा प्रस्तुत गरिएको छ । 

    गीतको संगीत र शब्द डेकेन्द्र श्रेष्ठले र गिटारवादक श्याम महर्जनले गरेका छन् भने भिडियोको निर्देशन हरि हुमागाईंले गरेका छन् । उक्त गीतलाई हरि हुँमागाइले खिचेका हुन् भने कोरियोग्राफर सुरेन्द्र बसेलले गरेका छन् । निर्देशन, अभिनय र छायांकनको समिश्रणले यो भिडियो दर्शकहरूमाझ विशेष आकर्षण बनेको छ भने भिडियोले दर्शकहरुबाट राम्रो प्रशंसा बटुलिरहेको छ ।

    हेर्नुहोस् भिडियो 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend