काठमाडौँ । नेपाली चलचित्र ‘माग्ने राजा’ ले युवा पुस्ताको मन जितेको छ। यसले केवल मनोरञ्जन मात्र नभई राजनीतिक जागरणको नयाँ लहर नै ल्याएको छ। सामाजिक सञ्जालमा यो फिल्मको विषयमा भइरहेको ुबबालु चर्चाले यसले युवाको मनमा कति गहिरो छाप छोडेको छ भन्ने देखाउँछ।
‘यो फिल्म त बबाल लाग्यो’ एक दर्शकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले हामीलाई राजनीति भनेको नेताहरूको मात्र नभई हामी सबैको जिम्मेवारी हो भन्ने कुरा दिमागमा घुसाइदियो।’ माग्ने राजामा देखाइएको भ्रष्टाचार, अन्याय र त्यसका विरुद्धको सङ्घर्षले धेरै युवालाई आफू पनि समाज परिवर्तनका लागि केही गर्नुपर्छ भन्ने महसुस गराएको छ।
अनेकौं युवाहरूले यो फिल्मलाई ‘गेम चेन्जर’ को संज्ञा दिएका छन्। उनीहरू भन्छन्, ‘यो फिल्मले हामीलाई सचेत मात्र होइन, सक्रिय पनि बन्न प्रेरित गरेको छ ।‘ माग्ने राजाले नेपाली सिनेमामा एउटा नयाँ आयाम थप्दै युवा दर्शकहरूलाई मनोरञ्जनका साथै सामाजिक र राजनीतिक मुद्दामा सोच्न बाध्य पारेको छ।

