२०८३, आश्विन १९ गते

images

'आ बाट आमा' फिल्मको छायांकन सुरु

'आ बाट आमा' फिल्मको छायांकन सुरु

सीएनएन खबर
शुक्रवार, भाद्र १३ २०८२०२:२५
सीएनएन खबर
शुक्रवार, भाद्र १३ २०८२०२:२५
  • images

    पल शाह अभिनित फिल्म 'आ बाट आमा' को छायांकन तनहुँको गलेश्वर मन्दिरमा शुभसाइत गर्दै सुरु गरिएको छ। धार्मिक विधिअनुसार पूजाआजा गरेर फिल्मको छायांकन चितवनबाट थालिएको हो। यो फिल्ममा पल शाहसँगै भारतीय कलाकार प्रदीप रावत, विपना थापा, सिम्रन पन्त र उषा उप्रेतीको मुख्य भूमिका रहेको छ।

    एक महिनासम्म चल्ने छायांकन चितवन, काठमाडौं र भारतको हैदरावादमा हुनेछ। आमा र सन्तानबीचको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्ने यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन्। कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर निर्माता रहेको फिल्म आगामी फागुन १५ गते प्रदर्शनमा आउनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend