मिलन चाम्सको निर्देशनमा बेलायतमा छायांकन भइरहेको फिल्म 'सुम्निमा' बाट नायिका उपासना सिंह ठकुरी बाहिरिएकी छिन्। निर्माण टोलीसँग केही कुरामा असमझदारी भएपछि आपसी सहमतिमै फिल्मबाट अलग हुने निर्णय गरेको उपासनाले बताएकी छिन्।
उपासना बाहिरिए पनि फिल्मको छायांकन भने रोकिएको छैन। अब उनको ठाउँमा अर्की नायिकालाई लिने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ। फिल्ममा कुन्साङ बोमजोम, अनुप विक्रम शाही र अंकित पाख्रिन लामा लगायतका कलाकारको पनि अभिनय रहनेछ। यो एक प्रेम कथामा आधारित फिल्म हो। यस विषयमा निर्देशक मिलन चाम्सले भने कुनै प्रतिक्रिया दिएका छैनन्।

